विधायन सम्बन्धी विधेयकमा अर्थ मन्त्रालयको सहमति पर्खिरहेका छौं : सचिब सापकोटा

शुक्रबार, माघ ५, २०८०

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । शुक्रबारको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल भएको थियो । 
उक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले यो विधेयकको लागि धेरै समय लागेको भन्दै अर्थ मन्त्रालयको सहमति नआएसम्म अगाडि बढाउन नमिल्ने बताए । 


उनले भने, ‘ढिला भएको छ, नभएको होईन्, समय लागेको छ, लाग्छ पनि मैंले भनेको के के पुगेको छैन्, त्यसको बारेमा लेखेर पत्र पठाइहाल्नु, कानून मन्त्रालयले केही हेरेन भन्नुहुन्छ । अर्थको सहमति नआएसम्म हामीले केही गर्न मिल्दैँन् । सहमति आएपछि मात्रै हाम्रो मन्त्रालयले केही गर्ने हो । हेर्नलाई हेरिरहेका हुन्छौं तर अन्तिम रुप दिनका लागि सबैको सहमति पश्चात मात्रै संभव छ ।’ 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार