बुङमतिस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको बाँकी काम महानगरको अगुवाईमा हुने (भिडियो)

बुधबार, माघ ३, २०८०

बुङमति(ललितपुर) । २०७२ वैशाख १२ गतेकाे भूकम्पमा भत्किएकाे ललितपुर महानगरपालिका २२ नं वडास्थित श्री रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको बाँकी काम अब महानगर स्वयमले नेतृत्व गरी सम्पन्न गर्ने योजना बनाएको छ । मन्दिर पुनर्निण कार्य पुरातत्व विभागको अगुवाईमा भइरहेको छ ।  मन्दिर पुनर्निर्माणमा क्रममा सम्पन्न भएका काम तथा आम्दानी खर्च सार्वजनिक गर्न श्री रातो मच्छिन्द्रनाथ उपभोक्ता समितिद्धारा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं २२ का वडाअध्यक्ष सागर तुलाधरले मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको बाँकी काम महानगर स्वयमले नै गर्ने जानकारी दिनुभयो । ‘उपभोक्ता समितिले म्याद थपका लागि पुरातत्व विभागमा पत्राचार गरेको पनि लामो समय भइसक्यो, म्याद थपिएको अवस्था छैन, म्याद नथपिनु भनेकाे उपभोक्ता समितिलाई काम नगर भन्ने नै हो’, उहाँले भन्नुभयाे, ‘यस्तो अवस्थामा सांस्कृतिक धरोहरको रुपमा रहेको पुरातात्विक महत्वको मन्दिरलाई त्यत्तिकै अलपत्र पारेर छाड्ने कुरा हुँदै पुरातत्व विभागलाई ‘ब्रेक’ गरेर बाँकी कामको जिम्मा महानगरपालिले लिने सोच हामीले बनाएका छौं ।’
‘यस विषयमा मैले महानगर प्रमुख चिरीबाबु महर्जनसँग पनि कुरा गरिसकेको छु, उहाँबाट पनि सकारात्मक जवाफ मैले पाएको छु', वडाअध्यक्ष तुलाधरले भन्नुभयो,‘महानगरपालिकाले उपभोक्ता कमिटी गठन गरी बाँकी कामको जिम्मा लिनेछ ।’

420059717_3062909833842582_8708473396726242652_n-1705479129.jpg
नयाँ उपभोक्ता समितिलाई सहज रुपले काम गर्ने वातावरणका लागि सरोकारवाला निकायलाई अहिलेसम्मको हर हिसाव तुरुन्त गरी मार्ग प्रशस्त गर्न म आह्वान गर्न चाहन्छु वडाअध्यक्षा तुलाधरले भन्नुभयो । 
पुरातत्व विभाग तथा श्री रातो मच्छिन्द्रनाथ उपभोक्ता समितिबीचको सम्झौता अनुसार भएका कामको भुक्तान दिइयोस् उहाँले भन्नुभयो, ‘पुरानो समितिले गरेको कामको हिसाब किताब नभइकन नयाँ समिति गठन गर्ने अवस्था रहँदैन ।’

419745122_1529407987852457_4843619665426155741_n-1705479127.jpg
हिसाव सार्वजनिक समारोहमा उपस्थित पुरातत्क विभागकी सविता न्यौपानेले पुरातत्व विभागले पछिल्लो समय कानुन अभावमा उपभोक्ता समितिको म्याद थप सम्बन्धी निर्णय गर्न नसकेको जानकारी गराउनुभयो । 
तत्कालिन अवस्थामा पुनर्निर्माण प्राधिकरणको आदेशमा पुरातत्व विभागले काम गरेको हो, अहिले त्यो प्राधिकरण खारेज भएको अवस्था छ, नयाँ परिस्थितिमा कसरी जाने भन्ने कानुनी अन्योल रहेकाले विभागले मन्त्रालयले पत्रचार गरेको छ, पत्राचारको जवाफ नआएका कारण उपभोक्ता समितिको म्याद थप सम्बन्धी अन्योल रहेको हो उहाँले भन्न्ुभयो । 

419536100_1807257383054226_527634839948409598_n-1705479117.jpg
कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले हाल सम्म उपभोक्ता समितिले गरेका कामको विवरण प्रस्तुत गर्नु भएको थियो भने उपभोक्ता समितिका सचिव मधुकर तुलाधारले हालसम्म भएका आम्दानी खर्चको विवरण प्रस्तुत गर्नु भएको थियो । 
२०७२ माघ २ गते तत्कालीन प्रधानमन्त्री के.पी शर्मा ओलीले भूकम्पले भत्किएको मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन् । मन्दिर पुनर्निर्माणका लागि श्रीलंका सरकारबाट सहयोग प्राप्त भएको थियो । मन्दिर पुनर्निर्माणका लागि टेण्डर स्वीकृत भइ मन्दिर पुनर्निर्माण कार्य भएकोमा ठेकेदार कम्पनीले गरेको काम व्यवहारिक तथा प्राविधिक हिसाबबाट नभएपछि २०७७ असार १५ गते श्री रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समिति र पुरातत्व विभागबीच सम्झौता भएअनुसार पुनर्निर्माणको काम अघि बढेको हो । 

419748817_244021992067608_3321722401151221108_n-1705479109.jpg
हालसम्म भएका काम तथा आम्दानी खर्च सार्वजनिक गर्न आयोजित समारोहमा वडाअध्यक्ष सागर तुलाधार, वडासदस्य रत्नभक्त महर्जन, वडा सदस्य उमेश स्थापित, महिला सदस्य सुकुमाया लामा, वडासचिव सुनिल महर्जनसहित सम्पदा प्रेमी टोलवासी, सुरक्षाकर्मीहरू उपस्थित थिए ।  
श्री रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणका लागि ३ करोड ८ लाख ६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो । उक्त रकमबाट मच्छिन्द्रनाथको मूल मन्दिर, आरती फल्चा निर्माण गर्ने सम्झौता विभाग र उपभोक्ता समितिबीच भएको हो । पुरातत्व विभागका प्राविधिकका अनुसार मन्दिर पुनर्निर्माणको काम मध्ये हालसम्म उपभोक्ता समितिले ७३ देखि ७७ प्रतिशतसम्मको कार्य सम्पन्न गरेको छ । 

419926155_401003958979695_7301524781690228275_n-1705479108.jpg

419511529_1067933611162765_7119181136704872525_n-1705479103.jpg

419507668_1021288195622464_6308906671172318050_n-1705479102.jpg

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार