कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोलि 

मंगलबार, जेठ ४, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न साढे २ बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिएकी छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार