एमाले कार्यदलको बैठक अपराह्न तीन बजे बस्दै

मंगलबार, जेठ ४, २०७८

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालचको सहमतिमा बनाइएको कार्यदल बैठक आज बस्दैछ । विवाद समाधानका लागि कार्यकदलाई मापदण्ड तय गर्न जिम्मेवारी दिइएको छ । कार्यदलको बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा बस्ने कार्यदलका सदस्य रघुजी पन्नले जानकारी दिए । कार्यदलको यो पहिलो बैठक हो । कार्यदलमा ओलीतर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् । कार्यदलमा रावल, नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य छन् ।  ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको थियो। त्यसका लागि २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति भएको थियो ।  तर, दुवै तर्फको समानान्तर कमिटी निर्माण भएको र माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरुको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले सहमतिको मापदण्ड तय गर्न कार्यदल गठन भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार