ललितपुर महानगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सम्पन्न 

पाटन मावि प्रथम, हरिसिद्धि मावि दोस्रो तथा ओमेगा मावि तेस्रो 
सोमबार, पुस २३, २०८०

ललितपुर । ललितपुर महानगर स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता २०८० मा पाटन माध्यमिक विद्यालय प्रथम भएको छ । उक्त विद्यालयले एक लाख नगद पुरस्कार सहित रनिङ्ग सिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो । दोस्रो पुरस्कार हरिसिद्दि माध्यमिक विद्यालयले प्राप्त गरेको छ । उक्त विद्यालयले ७५ हजार रुपैयाँ नगदसहित रनिङ्ग सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय हुने ओमेगा माध्यमिक विद्यालयले पचास हजार रुपैयाँ सहित कप र प्रमाणपत्र प्राप्त गरेको छ । पुरस्कृत हुने विद्यालयलाई महानगरका प्रमुख चिरीबाबु महर्जनले नगद सहित सिल्ड र प्रमाणपत्र प्रदान गरे ।  यसैगरी कार्यक्रममा महानगर भित्रका विभिन्न क्लबहरु जसले विभिन्न प्रतियोगितामा विजय हासिल गरेका थिए उनीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

411193524_907284004343050_8348505678377428650_n-1704724355.jpgपुरस्कृत हुनेमा ए डिभिजनमा रहेका थ्री स्टार क्लव, जावलाखेल युथ क्लब, फेन्डस् क्लब, सातदोबाटो युथ क्लब र चर्च व्वाइज युनाइटेड क्लवले चार लाखका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । बि डिभिजनमा रहेका च्यासल युथ क्लव, ब्रिगेड व्वाइज र  खुमल्टार युथ क्लवले तीन लाख रुपैयाँका दरले प्राप्त गरेका छन् । सी डिभिजनमा रहेका सानेपा युथ क्लव, खालीबारी युथ क्लब, पुल्चोक स्पोर्टस् क्लव र झम्सिखेल युथ क्लबलाई दुई लाखका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार प्रदान गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले यस वर्ष आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यार्थी संख्या वृद्धि भएको बताउँदै भने, ‘यो हाम्रो लागि खुशीको कुरा हो ।’ राष्ट्रको सर्वोच्च संस्थाको नाममा स्थापित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता राष्ट्रिय स्तरको खेलाडी उत्पादनका लागि महत्वपूर्ण भएको बताए । ललितपुर महानगरले खेलाडीलाई प्रोत्साहित गर्न र खेल क्षेत्रको विकास गर्न मनग्य काम गरेको बताए । 

411176266_6396610727106894_8211548668798165482_n-1704724355.jpg
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले खेलाडीलाई प्रोत्साहित गर्न महानगरले धेरै कार्यक्रम  आयोजना गरेको बताए । ललितपुर महानगरले खेलको विभिन्न विधामा उत्कृष्ट प्रस्तुति गरेको बताउँदै पुरस्कृतहरुलाई बधाई दिए ।  सामाजिक विकास समितिका संयोजक एवम वडा नंं.९ का वडा अध्यक्ष यो प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । आर्थिक अभावका कारण प्रतियोगितामा सहभागी हुन नसक्ने अवस्था नआओस् भनेर व्यवस्थापन र तयारी खर्च दिएको बताए । उनले भने, ‘५ वटा भन्दा बढी विधामा सहभागी भएको विद्यार्थीलाई ४० हजार र ५ भन्दा कमलाई २५ हजार दियौंँ । ’ तयारी र व्यवस्थापन खर्चको व्यवस्थाले सामुदायिक विद्यालयलाई प्रोत्साहित गरेको बताए ।  ललितपुर महानगर शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले यस वर्षको प्रतियोगिता रोमाञ्चक भएको बताए । प्रतियोगितामा सहभागी विद्यार्थीहरुको प्रस्तुत बेजोड रहेको बताउँदै सबै क्षमतावान भएको प्रष्ट पारे । विद्यालय तहमा प्रतिस्पर्धा गरेका विद्यार्थीहरुले प्रदेश,संघ हुँदै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा सक्षम हुने दाबी गरे । 
अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाडले ललितपुर महानगरले खेल क्षेत्रको विकासका लागि खेलाडीलाई प्रोत्साहित गर्न धेरै काम गरेको बताए । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार