गोदावरीका ६ वटा वडाका जंगलमा भीषण डढेलो

गोदावरी नगरप्रमुख भन्छन्,  ‘डढेलो नियन्त्रणमा लिन निरन्तर र अथक प्रयास गरेका छौँ’  

घाइते भएकाकाे शीघ्र स्वास्थ्य लाभको कामना 
मंगलबार, वैशाख १८, २०८१

ललितपुर । गोदावरी नगरपालिकाले विभिन्न वडाहरुको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न निरन्तर र अथक प्रयास गरेको बताउँदै नगरवासीलाई संयमित हुन अनुरोध गरेको छ । नगर प्रमुख गजेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै भनेका छन् , ‘यो अप्ठ्यारो परिस्थितिमा सजगता अपनाउन अनुरोध गर्दै धैर्य गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गर्दछु ।’ डढेलो नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६, १० को वनक्षेत्रमा लागेको हो । उनले वडा नं.४ मा अवस्थित तपेश्वर धामको वनक्षेत्रमा लागेको डढेलो नियन्त्रण लिने क्रममा घाइते भएका वडा नं.४ निवासी रमेश पहरी (रमी) को शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  आगो नियन्त्रणमा लिने क्रममा घाइते भएका वडा नं.४ निवासी शंकर पहरीको मंगलबार उपचारको क्रममा निधन भएको छ । नगर प्रमुख महर्जनले विज्ञप्तिमा भनेका छन्, ‘शंकर पहरीको निधन भएको घटनाले हामी मर्माहत भएका छौं । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछौं ।’  नगरपालिकाले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरु लगायतसँग सहकार्य गर्दै आफूसँग भएको जनशक्ति र  स्रोतसाधन प्रयोग गरी डढेलो नियन्त्रणमा लिन निरन्तर काम गरिरहेको जनाएको छ । नगर प्रमुख महर्जनले डढेलो नियन्त्रणका लागि खटिने सम्पूर्णलाई धन्यवाद दिएका दिएका छन् । 

Go-Bigyapti-1714486577.jpg

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार