आगो निभाउन जाँदा मृत्यु भएकाको परिवारलाई गोदावरी नगरको राहत

कार्यपालिकाको आकस्मिक बैठकले गर्‍यो जनही ५ लाख दिने निर्णय 
बुधबार, वैशाख १९, २०८१

ललितपुर । गोदावरी नगरपालिकाले वडा नं ४ स्थित तपेश्वरधाम वनक्षेत्रमा लागेको आगो निभाउन क्रममा घाइते भई मृत्यु भएका शंकर पहरी र रमेश पहरी (रमी)को परिवारलाई जनही पाँच लाख राहत दिने निर्णय गरेको छ । 
गोदावरी नगरपालिकाको बुधबार बसेको आकस्मिक कार्यपालिका बैठकले शंकर र रमेश पहरीको परिवारलाई जनही पाँच लाख राहत दिने निर्णय गरेको हो । नगरप्रमुख गजेन्द्र महर्जनले नहुनुपर्ने घटना भएकोमा दुःख व्यक्त गर्र्दै भने,‘नहुनुपर्ने घटना भयो, नगरपालिकाको सहयोगले परिवारलाई केही राहत होस् भन्ने हो । ’ तापेश्वर धामसँगैको वनमा लागेको डढेलो नियन्त्रण गर्न गएका शंकरको मंगलबार निधन भएको थियो । गम्भीर घाइते भएका रमेशको बुधबार निधन भएको हो । घाइते भएका दुबैलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । 

May be an image of text

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार