पर्यटन बोर्डको औचित्यमाथि सांसदहरुले उठाए प्रश्न

शुक्रबार, पुस २०, २०८०

काठमाडौं । सांसदहरुले नेपाल पर्यटन बोर्डले तय गरेको वार्षिक कार्यक्रमको प्रस्तावप्रति सन्तुष्ट नभएको बताएका छन् । बोर्ड स्थापनाको उद्देश्यमाथि नै सांसदहरुले प्रश्न उठाएका छन् । 
बोर्डको वार्षिक कार्यक्रमसँगै हालका कामका सम्बन्धमा छलफल गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहीबार राखेको बैठकमा अधिकांश सदस्यले कामकारवाही सन्तोषजनक नभएको टिप्पणी गरे । 
बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीको कार्ययोजना प्रस्तुतिप्रति उनीहरुले प्रश्न उठाए । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा बोर्डले गर्दै आएको काम उत्साहजनक नभएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरे । 
समिति सदस्य प्रभु साहले काम प्रभावकारी नभएको उल्लेख गर्दै पर्यटन बोर्डमा सरकारको लगानी खेर जाँदा नेपाली जनतालाई घाटा भइरहेको बताए ।  


‘हामी साँच्चै जान्न चाहान्छौं नेपालमा जुन पर्यटनहरु आइरहेका छन् यसमा नियमित पर्यटक कति हो रु पर्यटन बोर्डको आफ्नो योजनाको प्रभावमा तपार्इंहरुको पहलबाट कति प्रतिशत पर्यटक बढाउनुभयो रु तपाईंहरुको आफ्नो दाबी केही छ रु,’ उनले भने, ‘मानौं १० लाख पर्यटक नेपाल आए भने नियमित पर्यटक यति हो । यति आउँछन् र पर्यटन बोर्डको कारणले यति प्रतिशत पर्यटक बढायौं भन्ने कुरा हाम्रो खर्च र त्यसको इफेक्टको आधारमा मिल्छ कि मिल्दैन । मलाई लाग्छ हामीले पर्यटन बोर्डमार्फत खर्च जति गरिरहेका छौं त्यो देशलाई घाटै छ ।’ आफ्नो आरोपको खण्डन गर्न उनले चुनौती दिए । 


उनले पर्यटन बोर्डले आगामी एक वर्षको लागि समितिमा प्रस्ताव गरेको कार्ययोजनाप्रति पनि असन्तुष्टि जनाए । ‘हाम्रा कानूनी सीमा, योजनाको सीमा, हाम्रा नियतको सीमामा कहीँ न कहीँ ठूलो ग्याप देखिन्छ,’ उनले थपे, ‘जुन कार्यक्रम चलिरहेको छ कहीँ पनि मेल खादैन । त्यसैले कम्तिमा हाम्रो नीतिगत पोजिसन के छ, संरचनागत स्थिति के छ र हाम्रो कार्यक्रमहरु कसरी बनिरहेको छ त्यो समग्र कोणबाट यहाँ प्रस्तुति आएको भए सायद हामी केही सहयोग गर्न सक्थ्यौं ।’
उनले बोर्डका प्रमुख कार्यकारी अधिकृतको प्रस्तुतिमाथि प्रश्न गरे । ‘सीइओ साबले जसरी राख्नुभयो मलाई आश्चर्य लाग्छ, पर्यटन बोर्डको प्रमुखले यसरी एकांकी हुने, मनोगत हुने छुट कहाँबाट आयो रु उहाँले त आगामी योजनाको जुन प्रपोजल राख्नुभयो त्यो आफैंमा एकांकी, पूर्वाग्राही, साम्प्रदायिक र मनोगत छ । त्यसरी पर्यटनको विकास हुँदैन,’ साहले भने । 
यस्तै, अर्का सदस्य एकनाथ ढकालले हाल १० लाख पर्यटक नेपाल आउँदा लुम्बिनीमा जाने पर्यटक त्यसको ७ प्रतिशत मात्रै भएको उदाहरण दिँदै पर्यटन प्रवद्र्धनमा प्राथमितामा दिनुपर्नेमा कमजोरी भएको आशंका व्यक्त गरे । उनले बोर्डलाई प्रविधिमैत्री बनाउन पनि सुझाए । 


सांसद उदय शमशेर जवराले बोर्डले पर्वतीय पर्यटनको विकास गर्नुपर्नेमा जोड दिदै ट्रेकिङ रुट निर्माण गर्दा स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताए । उनले बोर्डको उद्देश्य माथि नै प्रश्न गरे । ‘पर्यटन बोर्डको उद्देश्य के हो रु हामीहरु अलिकति उद्देश्य बाहिर गएका छौं कि छैन भन्ने कुरामा पनि ध्यान दिनुप¥यो । तपाईंहरुले बजेटको ६० प्रतिशत रकम विदेशमा टुरिजम प्रमोट गर्नुपर्छ, त्यो खर्च भएको छ कि छैन रु’ उनले प्रश्न गरे ।
पर्यटन बोर्डले कार्ययोजना बनाउँदा मुलुकको अवस्था र धरातलीय यथार्थअनुरुप हुन नसकेको सदस्यहरुको टिप्पणी थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार