पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ 

सोमबार, जेठ ३, २०७८

नयाँ दिल्ली । भारतको पश्चिम बङगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल कांग्रेसका तीन नेतासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका मन्त्री रहेको बताइएको छ । 
पक्राउ पर्ने हरूमा मन्त्रीहरु फिरहाद हकीम र सुब्रत मुखर्जीसहित पूर्वमन्त्री र भारतीय जनता पार्टी (भाजपा) नेता शोभन चटर्जी तथा टिएमसी विधायक मदन मन्त्री रहेका छन् ।  राज्यपाल जगदीप धनखडले सिबिआईलाई यी नेताहरुविरुद्ध मुद्दा चलाउन अनुमति दिएको बुझिएको छ ।  आफ्ना नेताहरुको गिरफ्तारीको सूचना पाएलगत्तै मुख्यमन्त्री ममता बेनर्जी सिबिआई कार्यालयमा पुगेकी थिइन् । 
सत्ताधारी टिएमसीले यो गिरफ्तारीलाई गैररकानूनी भनेको छ । पार्टीका प्रवक्ता कुणाल घोषले बिना सूचना नेताहरुलाई गिरफ्तार गरिनु गरैकानुनी रहेको बताए । उनले यो मामिलामा आरोपित भाजपा नेता मुकुल राय र शुभेन्दु अधिकारीलाई किन गिरफ्तार नगरेको भनेर प्रश्न गरेका छन् । विधानसभा अध्यक्ष विमान बेनर्जीले पनि गिरफ्तारीलाई अवैध बताएका छन् । सन् २०१६ को विधानसभा चुनाव पहिले टिएमसीका मन्त्री, सांसद तथा विधायक जस्तै देखिने व्यक्तिले एक काल्पनिक कम्पनीका प्रतिनिधिसँग पैसा लिँदै गरेको स्टीङ्ग अपरेशनको भिडियो सार्वजनिक भएपछि यी नेताहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो ।– एएनआई 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  २१:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार