एसियाडका पदक विजेता खेलाडी सम्मानित

आइतबार, पुस १५, २०८०

काठमाडौं । चीनको हाङ्गचौमा असोजमा‌ भएको १९ औं एसियाली खेलकुद ९एसियाड० मा पदक विजेता र सहभागी खेलाडीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शनिबार सम्मान गरेको छ ।
सो अवससमा सहभागी खेलाडीलाई आयोजकबाट प्राप्त विशेष प्रमाणपत्र पनि प्रदान गरिएको थियो । असोज ६ देखि २१ सम्म आयोजित एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीको सहभागिता थियो ।
नेपालले एसियाडमा एक रजत तथा एक कांस्य पदक जितेको थियो । करातेकी एरिका गुरुङले महिला ६७ केजी तौल समूहमा ऐतिहासिक रजत जितेकी थिइन् । यस्तै महिला कबड्डी टोलीले कांस्य पदक जितेको‌ थियो ।
त्यस अगाडि आजै एनओसीको १५ औं साधारण सभा सम्पन्न भएको थियो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बन्द सत्र सन्चालन गरेका थिए । त्यस अवसरमा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्ष सन् २०२३ को प्रगति विवरण पेस गरेका थिए।
कोषाध्यक्ष रतन टण्डनकातर्फबाट कर्मचारी राजन श्रेष्ठले वर्ष सन् २०२३ को आर्थिक विवरण पेस गरेका थिए । उनले अर्को वर्षका लागि अनुमानित बजेट पनि पेस गरे । सभाले दुवै प्रगति तथा आर्थिक विवरणलाई अनुमोदन गरेको थियो । एनओसीका विभिन्न कमिसनले पनि आफ्नो कार्य प्रगति तथा योजना पेस गरेका थिए ।
कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद डिगबहादुर लिम्बूले गरेका थिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्य सचिव टंकलाल घिसिङ , नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
वक्ताहरूले हाङ्गचौ एसियाडमा नेपालको प्रदर्शनको समीक्षा हुनु पर्ने बताउँदै अबको संस्करणका लागि चाँडै तयारी सुरु गर्नेमा पनि जोड दिएका थिए । अध्यक्ष श्रेष्ठले कार्यक्रममा उद्घाटन सत्रमा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार