पर्सा ११ नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

शुक्रबार, पुस १३, २०८०

काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा रहेको पर्सा ११ वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।  नारायणी रंगशालामा आज भएको खेलमा नेपाल आर्मीलाई ३१ रनले पराजित गर्दै पर्सा ११ ले फाइनलको यात्रा तय गरेको हो । समूह चरणमा चौथो स्थानमा रहेको पर्साले शीर्ष स्थानको आर्मीसँग सेमिफाइनल खेलेको थियो । पर्सा ११ ले पहिला ब्याटिङ गर्दै २ बल बाँकी छँदै सवै विकेट गुमाएर ९९ रन बनाएको थियो । जवाफमा आर्मीको टिम १६.२ ओभरमा सवै विकेट गुमाएर ६८ रनमा समेटियो । आर्मीलाई रोक्ने क्रममा कप्तान लामिछानेले ३ विकेट लिँदा अनिल साह, पवन शर्राफ र समसेद मन्सुरीले दुई दुई विकेट लिए । रन्जीत कुमारको १ नाउँमा १ विकेट रह्यो । व्याटिङतर्फ आर्मीका कुशल मल्लले सर्वाधिक १९ रन बनाउँदा बसिर अहमदले १० रनको नटआउट पारि खेले । भीम सार्कीले ९ तथा रोहित पौडेल ८ रनमा पभेलियन फर्किएका थिए । 
यस्तै कप्तान विनोद भण्डारीको ब्याटबाट पनि ९ रनमात्रै बन्यो । अन्य खेलाडीको प्रदर्शन झनै विर्सन लायक रह्यो । पहिला ब्याटिङ गरेको पर्सा ११ का लागि समसद मन्सुरीले सर्वाधिक १७ रन बनाउँदा अनिल साह र रुपेश सिंहले १५–१५ रन जोडे ।  यसैगरी पवन शर्राफले ११ रन बनाउँदा हसिम अन्सारी र इमरान शेखले ९–९ रन जोडेका थिए । सुरज पटेल ७ रनमा आउट हुँदा कप्ता सन्दीप लामिछानेले ६ रन जोडे । आर्मीका सोमपाल कामीले सर्वाधिक ४ विकेट लिँदा कुशल मल्लले ३ विकेट लिए । सहाव आलमले २ तथा विवेक यादवले १ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार