भारतविरुद्ध अफ्रिकाले पहिलो पारिमा १६३ रनको अग्रता

बिहीबार, पुस १२, २०८०

काठमाडौं । भारतविरुद्धको टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो पारिमा १६३ रनको अग्रता बनाएको छ । भारतलाई २४५ रनमा रोक्दै पहिलो पारि सुरु गरेको दक्षिण अफ्रिकाले ४०८ रन बनायो । १६३ रनले पछि परेको भारतले ब्याटिङ सुरु गरेको छ । सेन्चुरियनमा घरेलु टोली दक्षिण अफ्रिकालाई विशाल स्कोर बनाउन डिएन एल्गरको पारि महत्वपूर्ण रह्यो । उनलेय १८५ रनको पारि खलेका थिए । उनी दक्षिण अफ्रिकबाट टेस्ट क्रिकेटमा सर्वाधिक व्यक्तिर स्कोर रन बनाउने  इतिहास कायम गरेका छन् ।
उनीभन्दा अगाडि ग्रीम स्मिथ मात्रै छन् । यसैगरी मार्को जेनसनले ८४ रनको नटआउट पारि खेल्दा डेभिड वेडिङघमले ५६ रन जोडेका थिए । यस्तै, टोनी डी जोर्जीले २८ रन बनाउँदा गेराल्ड कोट्जेले १९ रन जोडे । भारतका जसप्रित बुमराहले चार विकेट लिँदा मोहम्मद सिराजले २ तथा सार्दुल ठाकुर, प्रसिद्ध कृष्ण र रभिचन्द्रन आश्विनले एक एक विकेट हात पारे । 
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार