कोरोना खोपबाट नागरिक वञ्चित हुने अवस्था नआउनेतर्फ कदम चाल्न सरकारलाई कांग्रेसको आग्रह 

सोमबार, जेठ ३, २०७८

काठमाडौँ । नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआउन सरकारले यथाशीघ्र आवश्यक आयात गरी समयमा नै दिने व्यवस्था गर्न माग गरेको छ ।  कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन बाँकी रहेकाले यथाशक्य चाँडो दिने व्यवस्था गर्न पनि माग गरेको छ ।  कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन गरी सो विषय र कोभिड–१९ रोकथाम, न्यूनीकरण तथा उपचारका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन् । उनले  तत्काल अक्सिजन सिलिण्डर आयात गर्नेदेखि  उत्पादक कम्पनीलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्नसमेत अनुरोध गरेको कांग्रेस संसदीय कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार