बङ्गलादेशमा मे २३ सम्म लकडाउन 

सोमबार, जेठ ३, २०७८

ढाका । बङ्गलादेश तथा छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी (लकडाउन)लाई मे २३ सम्म विस्तार गरेको छ । बङ्गलादेशको मन्त्रिपरिषद् कार्यालयले परिपत्र गर्दै पछिल्लो निर्णय घोषणा गरेको हो ।  दोस्रो लहरको कोभिड–१९ विरूद्ध लड्न बङ्गलादेशले पहिलो पटक अप्रिल १४ देखि अप्रिल २१ सम्म बन्दाबन्दी घोषणा गरेको थियो । आठ दिनको बन्दाबन्दीलाई विभिन्न चरण गरी मे १६ अर्थात् आइतबारसम्म विस्तार गरिएको थियो ।  पछिल्लो परिपत्रअनुसार राजस्व सङ््कलनसम्बन्धी कार्यालय र संस्थालाई लकडाउनको दायरामा राखिएको छैन । यो अवधिमा होटल र रेष्टुरेन्टले उक्त अवधिमा आफ्ना सेवालाई ग्राहकसम्म पु¥याउन वा अनलाइन सेवा प्रदान गर्न पाउने छन् ।   मार्चदेखि फैलिएको कोभिड–१९ को दोस्रो लहरका कारण सङ्क्रमण दरमा थप वृद्धि देखिएपछि शनिबार रातिदेखि बङ्गलादेशले सबै माध्यमिक र उच्च माध्यमिक शिक्षा संस्थान बन्द गर्ने निर्णय गरेको छ ।
देशको स्वास्थ्य सेवा महानिर्देशालयका अनुसार कोभिडका कारण पछिल्लो २४ घण्टामा ३६३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने २५ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बङ्गलादेशमा १२ हजार १४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमित सङ्ख्या सात लाख ८० हजारभन्दा बढी पुगेको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार