एमाले सांसद कोइरीको निलम्बन फुकुवा 

आइतबार, पुस ८, २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् । सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको हो । 
संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सांसद कोइरीको निलम्बन फुकुवा भएको सूचना सभामुख घिमिरेको निर्देशनमा आइतबार जारी गरेका हुन् ।

koiri-1703429844.jpg
कोइरीको सांसद पद गत वैशाख १९ मा निलम्बन गरिएको थियो । कर्तव्य ज्यान र आगो लगाएको मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका थिए ।
महोत्तरी–१ बाट निर्वाचित सांसद कोइरीले प्रहरीको फरार सूचीमा रहेकै बेला पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए भने गत २०७९ पुस २६ मा संघीय संसद्‍मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार