जेलमा रहेका पाकिस्ताानी पूर्व प्रधानमन्त्रीले तीन क्षेत्रबाट उम्मेदावरी दिने

बिहीबार, पुस ५, २०८०

काठमाडौं । पाकिस्तानमा आसन्न आम निर्वाचनमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएका छन् ।
उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले पूर्व क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरानले चुनाव लड्ने घोषणा गरेको हो । 
उनी अहिले इस्लामावादको तल्लो अदालतको अगस्ट ५ को फैसला अनुसार तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर जेलमा छन् ।  
इमरान सरकारमा कार्यवाहक कानुन र न्यायमन्त्री रहेका ब्यारिस्टर अली जफरले अदियालाले इमरान खानले पाकिस्तानको कम्तीमा तीनवटा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने बताए ।
अहिले जेलमै रहेकाले इमरान खान चुनाव लड्न योग्य भने छैनन् । डन अखबारका अनुसार, इस्लामाबाद उच्च अदालतले तोशाखाना मामिलामा दोषीलाई चुनौती दिने खानको अपिलमा आफ्नो फैसला केही दिनमै दिए भएकाले त्यसपछि मात्रै इमरान खानको राजनीतिक भविष्यबारे अड्कलवाजी सुरु हुने छ ।
अदालतबाट सफाई पाएमा उनले चुनाव लड्न पाउँछन् । अन्यथा उनी उम्मेदवार बन्न पाउने छैनन । पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन तोकिएको छ । पाकिस्तानमा बुधबारदेखि उम्मेदवारीको मनोनयन सुरु भएको छ । 
यो प्रक्रिया २२ तारिखसम्म रहने छ । इमरानको पार्टीले जेलमा रहेका नेता तथा कार्यकर्तालाई अधिकतम उम्मेदवार बनाउने संकेत गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार