लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु 

बिहीबार, पुस ५, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ । 
बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।
तराईका थोरै स्थानहरूमा हुस्सु÷कुहिरो लागेको जनाइएको छ । 
दिउँसो  देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने अवस्था महाशाखाले पूर्वानुमान गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार