माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

बुधबार, पुस ४, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ ।
‘उपलब्ध पदाधिकारीहरुबीच हिजो पनि छलफल भएको हो । आज पनि हुन्छ । खासमा यो नियमित भेटघाटमात्रै हो । यसले आधिकारिक निर्णय गर्ने भन्ने पनि होइन,’ माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजक सुर्य किरणले भने । 
नेताहरूका अनुसार मंगलबार विहान ८ बजेकालागि बैठक तय भएपनि प्रधानमन्त्रीको समय नमिलेपछि दिउँसो ३ बजेकालागि सारेर बैठक बसेको थियो । 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार