राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको समीक्षा 

खेल निर्देशिका जारी गर्दै महालक्ष्मी नगरपालिका 

मंगलबार, पुस ३, २०८०

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले खेलकुद क्षेत्रलाई बढवा दिन खेल निर्देशिका जारी गर्न लागेको छ । छिट्टै बस्ने नगरपरिष्द बैठकबाट खेल निर्देशिका जारी गर्ने तयारी रहेको नगरप्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिनुभयो । 
भर्खरै सम्पन्न चौथो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता २०८० को समीक्षा गर्न मंगलबार नगरपालिकाको सभाहलमा आयोजित बैठकको अध्यक्षता गरिरहेका नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘अब बस्ने नगर परिषद्बाट निर्देशिका पास गराएर अघि बढ्न खोजेका छौं ।’

ff1647f1-d775-4505-99c5-25c5eacad177-1703001199.jpg
‘खेल निर्देशिका जारी भएपछि खेलाडीलाई नगपालिकाले के कति सहयोग गर्ने भन्ने किटान गर्छ । नग।रस्तरीय खेल्नेलाई कति पैसा दिने, वडास्तरीय खेल्नेलाई कति दिने, अन्तर्राष्ट्रिय स्तरमा खेल्नेलाई कति दिने भनेर निर्देशिका जारी गर्न लागेका हौंं’,  समीक्षा बैठकमा नगरप्रमुख श्रेष्ठले भन्नुभयो । 
‘निर्देशिका ्जारी भएपछि त्यसैमा टेकेर हामीले तोक लगाउन पाउँछौ, पैसा दिन सहज हुनेछ’ उहाँले भन्नुभयो, ‘खेल निर्देशिका खेललाई बढवा दिनका लागि नै हो । निर्देशिका नहुँदा पनि खेलाडीलाई हतोत्साहित गरेका छैनौं । उत्साहित नै गरेका छौं । नगरपालिकाले खेलाडी, हिमाल चढ्नेसहित सबैलाई पैसा दिँदै आएको छ ।’  

WhatsApp-Image-2023-12-19-at-16.58.27-1703001090.jpeg
समीक्षा बैठकमा नगरप्रमुख श्रेष्ठले यस पटक प्रतियोगिता सञ्चालन गर्नका लागि  विद्यालयका प्रधानाध्यापकसँग तीन पटक बैठक बस्यौं । नगरपालिकाले गत वर्ष आफैंले मिति तय गरेको थियो । यस पटक विद्यालयको सहमतिमै मिति तय गरियो । सहमतिमै सबै कुरा गर्दा पनि नगरपालिकाका तर्फबाट पनि कमजोर भयो, विद्यालयको तर्फबाट पनि कमी नै देखियो । हामीले समयमै खबर गर्न सकेनौं । स्कुलहरूले पनि पठाएको निर्देशिक राम्रोसँग अध्ययन गरेको पाइएन ।’ 
‘राष्ट्रपति रनिङ शिल्ड माथिबाट नै तोकिएरै आएको खेल हो । सधैं भरी तोकिएकै खेल खेलाइन्छ’ उहाँले भन्नुभयो, ‘स्कुलले पनि जुन बेला चाहियो त्यो बेला मात्रै खेलाडी तयार गर्ने हुनु भएन । हरेक वर्ष यही खेल हुने भएकाले स्कुलहरू त अहिले देखिनै तयार भए भैहाल्यो । नगरपालिकाले शिल्डका लागि चिठी पठाएपछि खेलाडी तयार गर्ने हो भने ढिला हुन्छ ।’ 
खेल सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘नगरपालिकाले शिल्डका लागि सीमित खर्च गरेको छ । चारवटा विद्यालयलाई व्यवस्थापनको सम्पूर्ण जिम्मा दिइएको थियो । जिम्मा पाएका विद्यालयले राम्रो काम गर्नुभयो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो । 

May be an image of 2 people, television and newsroom
समीक्षा बैठकमा नगर उपप्रमुख लक्ष्मी महर्जनले गत वर्षको सिकाईबाट यो वर्ष हामीले धेरै राम्रो गर्न सकेको बताउनु भयो । अहिलेको कमी कमजोरीलाई हटाएर आगामी वर्ष रनिङ शिल्ड प्रतियोयिगता आयोजना गर्दा अझ राम्रो गर्नेछौं बैठकमा उपप्रमुख महर्जनले भन्नुभयो, ‘समीक्षा–छलफलमा आएका कुरा हामीले नोट गरेका छौं ।  यही अनुसार आगामी वर्षमा यो भन्दा पनि भव्य र सभ्य तरिकाले सञ्चालन गर्नेछौं । 
‘चारवटा स्कुलहरूले खेल सञ्चालन–व्यवस्थापनका लागि गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु’ नगरउप्रमुख महर्जनले भन्नुभयो, ‘विद्यालयले विद्यार्थीहरुलाई राष्ट्रपति रनिङ शिल्डका लागि मात्रै तयार गर्ने होइन । यसलाई पठन पठानसँगै जोडेर लैजानु पर्छ ।’ 


नगरपालिकामा हामी आएको डेढ वर्ष भयो, हामी यो खेल खेल्न जान्छौं, हामीलाई सहयोग गरिदिनुहोस् भनेर आए जस्तो मलाई लागेन उहाँले भन्नुभयो, ‘तेक्वान्दो खेल्न भारत जाँदा नगरपालिकासम्म समन्वय नगरीकनै खेलाडी भाइबहिनी जानुभयो । समन्वयको कमी रह्यो । महालक्ष्मी नगरपालिकाको खेलाडी भनेर पहिचान दिन नसकेको जस्तो महसुस भयो ।’ विद्यालय तहकै खेलाडीहरू पनि खेल खेल्न जाँदा नगरपालिकासँग समन्वय गरी जान अनुरोध गर्दछु उहाँले भन्नुभयो, ‘राष्ट्रको गौरब भन्नुनै अहिले खेल क्षेत्र हो, महालक्ष्मी नगरपालिकालाई विद्यार्थीहरूलाई खेलामा कसरी उत्साहित बनाउने भन्ने शोचमा छ । राष्ट्रपति रनिङ शिल्ड मात्रै होइन, मेयर कप, महालक्ष्मी कप भनेर विभिन्न प्रतियोगिताका लागि बजेट विनियोजन गरेको छ । खेलाडी उत्पादन गर्ने कुरामा हामी अगाडि जानेछौं ।’ 


समीक्षा बैठकमा वडाअध्यक्षकातर्फबाट बोल्दै वडा नं ७ का वडा अध्यक्ष बाबुराजा महर्जनले नगरपालिकाले विद्यार्थी खेलाडी प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो ।  


खेलाडीको आधारभूत तह विद्यालय भएको बताउँदै वडाअध्यक्ष महर्जनले खेलडीलाई पनि वर्गीकरण गरी प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।  
गत मंसिर २४ देखि २६ गतेसम्म महालक्ष्मी नगरपालिकाले चौथो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सञ्चालन गरेको थियो । 
विद्यार्थीको सिकाइ सक्षमता प्राप्त गर्न र अब्बल खेलाडी तयार गर्ने वातावरण सृजना गर्न नगरपालिकाले नगर स्तरिय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख चिरञ्जीवी पौडेलले बताउनु भयो ।
प्रत्यक वर्ष महालक्ष्मी नगरपालिकाले विद्यालय तहमा अध्ययनतर खेलाडीहरूको खेल कौशल प्रदर्शन गर्ने अवसरका लागि प्रतियोगिता सञ्चालन गर्दै आएको उहाँको भनाई छ ।

WhatsApp-Image-2023-12-19-at-16.58.27-(4)-1703001025.jpeg
प्रमुख शिक्षा अधिकृत पौडेलले खेलको माध्यमबाट भातृत्व, एकता, सद्भाव, सहकार्य कायम गर्दै सबल समक्ष, स्वास्थय नागरिक तयार गर्ने र महालक्ष्मीलाई शैक्षिक हव निर्माण गर्न सहयोग गर्दै अब्बल खेलाडी तयार गर्ने वातावरण सृजना गर्ने बताउनुभयो । 
समीक्षा बैठकमा प्रमुख पौडेलले गत वर्षको रनिङ शिल्ड र भर्खरै सम्पन्न रनिङ शिल्डको तुलना पनि गर्नु भएको थियो । गत वर्ष ३५ विद्यालय सहभागी भएकोमा यो वर्ष ४१ विद्यालय सहभागी भएको जानकारी दिनुभयो । 
‘यस वर्ष खेलको जिम्मेवारी ४ वटा विद्यालयलाई व्यवस्थापकीय जिम्मेवारी दिएका थियौ’ उहाँले भन्नुभयो, “ती विद्यालयले सफलतापूर्व खेल समापन गरेका छन् ।’  चौथो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा ४१ विद्यालयका सहभागी भएको जनाउँदै उहाँले यस वर्ष खेलाडीको सहभागित गत वर्षको भन्दा धेरै वृद्धि भएको जानकारी दिनुभयो । 
प्रतियोगितामा ४१ विद्यालयका एक हाजार चार सय ५० जना विद्यार्थी विभिन्न खेलमा सहभागी भएका थिए । भलिबलमा २१ विद्यालयका ११० छात्र र १६० छात्रा गरि जम्मा ३७० जना खेलाडी, कवड्डी तफ २२ विद्यालयका २२० छात्र र १७० छात्रासहित ३९० जना, एथ्लेक्टिसमा ३४ विद्यालयका छात्र ३३९ र छात्रा गरी २३०, मार्शलआर्टतर्फ १७ विद्यालयका ६४ छात्र र ५७ छात्रा गरी १२१ जना खेलाडी विद्यार्थी सहभागी भएका थिए । 


चौथो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा १० वटा विद्यालय उत्कृष्ट भएका थिए ।  रनिङ् शिल्डको उपाधी पवन प्रकृति अंग्रेजी माध्यमिक विद्यालयले हात पारेको थियो । पवन प्रकृतिले प्रतियोगितामा ६ वटा खेलमा प्रथम, ३ द्धितिय ८ तृतीय गरी १७ मेडल जितेको थियो ।

May be an image of 4 people
प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्ने विद्यालय संख्या १८, सिल्भर मेडल पाउने १९, ब्राउन्ज मेडल प्राप्त गर्ने २१, तीनवटै मेडल प्राप्त गर्नेमा १०, कुनै न कुनै मेडल प्रप्त गर्नेमा ३० र कुनै पनि मेडल प्राप्त नगर्ने विद्यालयमा ११ रहे । 
ओलम्पिक टर्चबाट प्रतियोगिता उद्घाटन गरिएको थियो भने झण्डोतलनबाट समापन गरिएको थियो । समीक्षा बैठकमा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, महालक्ष्मी नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापक तथा विभिन्न खेलका प्रशिक्षकसहित सञ्चारकर्मीको सहभागिता रहेको थियो । समीक्षा बैठकमै प्रशिक्षकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । 

May be an image of 7 people, television and text

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार