प्रस्तावित न्यायाधीशद्वय पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ सकियो

आइतबार, पुस १, २०८०

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको संसदीय सुनुवाइ भएको छ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिसमक्ष आइतबार उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय पौडेल र ढुङ्गानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् ।  उनीहरूले न्याय ढिलो र महँगो भएको स्वीकार्दै संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारिताका लागि प्रतिबद्धता जनाए ।  प्रस्तावित न्यायाधीश पौडेलले सर्वोच्चको कार्यबोझ घटाउन संविधान तथा कानुन परिमार्जनको आवश्यकता रहेको बताए । 
उनले पेश गरेको कार्य योजनामा अदालतमा अहिले मुद्दाको संख्या वृद्धि हुने क्रम रहेको भन्दै कार्यबोझ घटाउन कानुन संशोधन गरेर जिल्ला र उच्च अदालतलाई थप कार्यभार दिनुपर्ने उल्लेख गरे । 


उनले भने, ‘सर्वोच्च अदालतमा अहिले मुद्दाको संख्या अत्यधिक छ र वृद्धि हुने क्रम बढ्दो छ’, प्रस्तावित न्यायाधीश शर्माले आफ्नो कार्य योजनामा भनेका छन्, ‘सबै किसिमका मुद्दाहरू सर्वोच्च अदालतमा पुग्ने कुरा उपयुक्त हुँदैन ।’
उनले अदालतमा लाग्ने शुल्कको कारणले न्याय महङ्गो नभएको उल्लेख गर्दै भने, ‘संवैधानिक इजलासमा जाँदा त्यस्तो धेरै शुल्क महङ्गो भन्ने हुँदैन । बढीमा भनेको ६ हजार छ । त्यसैले अदालतमा लाग्ने शुल्कको कारणले न्याय महङ्गो भएको होइन ।’ प्रस्तावित न्यायाधीशहरु सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ आगामी बैठकमा हुनेछ ।
उनले प्रदेश र स्थानीयकानुन संविधानसँगबाझिएको हदमा बदर गर्न उच्चअदालतलाई क्षेत्राधिकार दिने, दोहोर्याई पाउनदिने निवेदनहरू हेर्न सम्बन्धितउच्चअदालतहरूमा नै पूर्ण इजलासको व्यवस्था गर्ने र सबै मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार क्षेत्र जिल्लाअदालतलाई प्रदान गर्ने गरी सर्वोच्च अदालतमाकार्य बोझन्यूनीकरण गर्न सकिने बताएकाछन् ।


‘यसकालागि संविधानतथाकानुन परिमार्जनको आवश्यकताछ’, शर्माले आफ्नो कार्य योजनामाभनेका छन् ।  सर्वोच्च अदालतका प्रस्तावितन्यायाधीशरूबारेमा संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइभइरहेको छ।
आइतबार पनि प्रस्तावितन्यायाधीशहरूबारे सुनुवाइचलिरहेको छ। सुनुवाइकाक्रममा सांसदहरूले सोधेको जिज्ञासालाई समाधानगर्दै प्रस्तावितन्यायाधीश महेश शर्मा पौडेलले आफू बिदाभएर जाँदा चोखै रहने प्रतिबद्धता गरेका छन् ।  न्यायपालिकाआफ्नो लागि र अदालतको लागिहोइन् जनताको लागि नै हामीलागेको हौ ।  पौडेलले आफू अवकाशभएर जाँदानिष्ठाकायमै राखेर चोखो रहनप्रयास गर्ने बताएका हुन् । 

उनले सुनुवाइकाक्रममाआफूले न्याय क्षेत्रमा ३० वर्ष बिताएको बताउँदै अबको ६ वर्षको बाँकीअवधिपनिइमानपूर्वक बिताउने उल्लेख गरे । पौडेलले भ्रष्टाचारविरुद्धआफूले कुनै सम्झौतानगर्ने बताए । पौडेलले हिंसाले राज्यको आत्मालाई अपांगबनाउने बताउँदै भ्रष्टाचारले आत्मा नै मारिदिने जिकिर गरे।  त्यहीकारण अब बँचेको आफ्नो ६ वर्षको समयमानिष्ठा र इमाननगुमाई चोखो भएर बिताउने पनिपौडेलको तर्क थियो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार