सोसल मिडिया
Contact Us
युनिकोड
इटहरी । नेपाल प्रेस युनियन सुनप्रेस युनियत सुनसरीले संक्रमित संचारकर्मीलाई घरमै पुगेर परामर्शसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्र्मीहरुलाई डाक्टर नर्ससहितको निःशुल्क परामर्श घरमै गएर दिने भएको छ ।प्रेस युनियन सुनसरीले कोरोना संक्रमितको हौसला बढाउन घरमै पुगेर परामर्श दिन लागेको हो । प्रेस युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार संक्रमित भएका केही संचारकर्मी अस्पतालमा उपचाररत छन् भने केही संक्रमित घरमै आइसोलेट भएर बसेका छन् । अध्यक्ष अधिकारीले भने, ‘डाक्टर सहितको समूह घरमा जाँदा उहाँहरुको आत्मबल बढ्छ, त्यसैले यस्तो कार्यक्रम ल्याएका हौं । ’‘दोस्रो चरणको भेरियन्ट आइकन जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्र्मी कोरोना संक्रमित भएका छन् । उनका अनुसार डा अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीले संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श गर्ने र आवश्यक औषधोपचार गर्ने तयारी भएको छ । युनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्र्मीहरुको निःशुल्क कोरोना बीमा गरेको थियो । ती मध्ये ३० जनालाई जनही एकलाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको अधिकारीले बताए । यस्तै, इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले नेतृत्व गरेर निर्माण गरेको आइसोलेसनमा प्रेस युनियनसहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीहरुलाई अक्सिजनसहितको निःशुल्क सेवा दिने तयारी गरिएको छ ।