स्वास्थ्यकर्मीको कामलाई देउवाकाे प्रशंसा     

भन्छन्, 'एक दिन फ्रान्टलाइनरको योगदानको कदर हुनेछ'
आइतबार, जेठ २, २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत  सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् । उनले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत  जनाएका छन् । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार