कुनै पार्टी वा व्यक्तिबाट सञ्चालित छुइनँ : श्री निवास

शनिबार, मंसिर २३, २०८०

काठमाडौ । धर्मगुरु आचार्य श्री निवासले आफू कुनै पार्टी र ब्यक्तिबाट सञ्चालित नरहेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लाग्ने गरेको आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् ।

उनले देशमा कसैको राजनीतिक यात्रा सहज हुने गरी मौलिक धर्म संस्कृतिमाथि खेलबाड गर्ने ब्यवस्था र परिवेश आएको टिप्पणी गरे । यस विषयमा चिन्तित हुन जरुरी रहेको उनको भनाई छ ।

दिपावलीका दिनसमेत आफ्नो आँखाको सामू गौहत्या भएको बताउँदै उनले दुर्गा प्रसाईँले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा त्यस घटनाले आफूलाई आक्रोसित बनाएको उनले बताए ।

आफू धर्म गुरु भएकाले धर्म मासिँदै गरेको हेर्न नसक्ने उनले बताए । आफूलाई कुनै पार्टी वा ब्यक्तिबाट सञ्चालित हो भन्ने पुष्टि गरे धर्म गरु बनेर नबस्नेसमेत उनले बताए ।

उनले भने, ‘कुनै पार्टीको, कुनै व्यक्तिबाबाट सञ्चालित हो भन्ने पुष्टि गर्नुहुन्छ भने म आजैबाट धर्मगुरुको यो भेष खोलेर ब्यक्तिगत जीवन बाँचेर हिँड्न तयार छु ।’

कतिपयले राष्ट्रिय प्रजातन्त्र पार्टीको र कतिले दुर्गा प्रसाईँको मान्छे भएको आरोप लगाएको भन्दै उनले आपत्ति जनाए । धर्मको रक्षाका लागि केवल उनीहरुले गरेको निमन्त्रणालाई स्वीकार गरेको उनको भनाई छ ।

उनले भने, ‘कहिलेकाहीँ राजेन्द्र लिङ्देनजीलाई धर्मको कुरा गरेको भरमा सघाउँदा मलाई कतिपयले राप्रपाको भन्दिन्छन् । कतिपयले दुर्गा प्रसाईँको अभियानमा निमन्त्रणा स्वीकार गर्दा दुर्गा प्रसाईँको मान्छे भन्दिन्छन् । तर, म धर्म, राष्ट्र, राष्ट्रियता, सभ्यता, गौमाताको रक्षा र धर्म परिवर्तन विरुद्धको विषयलाई लिएर अहोरात्र रक्षक भएर काम गर्दै आएको छु ।’

नेपाल धर्मसापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने र गौहत्या बन्द हुनुपर्ने भन्दै उनले धर्म, संस्कृति र गौरक्षाका लागि आफू निरन्तर लागिरहने बताए । आफूलाई कतिपयले विवादित, विवादास्पद र आतंककारी धर्म गुरुसमेतको आरोप लगाएको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार