एनसेलको शेयर खरिद बिक्री तत्काल रोक्न लेखा समितिको निर्देशन

बुधबार, मंसिर २०, २०८०

काठमाडौँ । सार्वजनिक लेखा समितिले दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिद बिक्री यथास्थितिमा तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकले उक्त कम्पनीको शेयरको खरिद बिक्रीको सम्बन्धमा विस्तृत अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले निष्कर्षमा नपुगुञ्जेलका लागि कारोबार यथास्थितिमा रोक्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले बताए । 

Photo (10)1701873251.jpg
‘हालै भएको भनिएको प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत शेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृतरूपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएको छ,’ उनले भने, ‘अनुसन्धान निष्कर्षमा नपुगुञ्जेलसम्म शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई यथास्थितिमा राख्न (रोक्न), तथा यस विषयमा यथार्थता पहिचान गर्नका लागि ३० दिनभित्र कार्य सम्पादन गर्नेगरि तत्काल स्वतन्त्र अनुसन्धान गर्न गराउन समितिको यो बैठक नेपाल सरकारलाई निर्देशन दिने निर्णय भएको छ ।’
साथै शेयर खरिद बिक्री सम्बन्धमा भएका कामहरुको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लागनी जोखिमयुक्त रहेको भन्ने भनाइ सम्बन्धमा सरकारको धारणा यथाशीघ्र ४८ घण्टाभित्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिने पनि निर्णय भएको उनले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार