सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले नेपाली राजदूतलाई कोभिड–१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरूप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री अन्तरराष्टिय सहायतास्वरूप नेपालका निम्ति जुटाउन निर्देशन दिएका हुन् । महामारीका कारण उत्पन्न संकट तथा मुलुकको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी संस्था, निजी क्षेत्र एवं प्रवासी नेपालीबाट सहायता जुटाउनका लागि अधिकतम प्रयत्न गर्न उनले निर्देशन दिएका हुन् । सहयोग प्राप्ति र परिचालनका अन्य सम्भावनाको खोजी गर्न पनि मन्त्री ज्ञवालीले निर्देशन दिएका छन । उनले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखेर काम गर्न पनि निर्देशन पनि दिएका छन् । मन्त्री ज्ञवालीले महामारीसँग जुध्न सरकारले गरेका प्रयासबारे जानकारी गराएका थिए । राजदूतहरुले सहयोग परिचालनमा भएका प्रयास र उपलब्धिबारे मन्त्री ज्ञवालीलाई जानकारी गराएका थिए ।