राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
चिकित्सक, आइसियु र भेण्टिलेटरविहीन मुस्ताङ
चिकित्सक, आइसियु र भेण्टिलेटरविहीन मुस्ताङ
तारानाथ आचार्य
शुक्रबार, वैशाख ३१, २०७८
शुक्रबार, वैशाख ३१, २०७८
बलेवा । अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरिएन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ । मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना सङ्क्रमित छन् । जिल्लाको चारवटै गाउँपालिकामा सङ्क्रमित पुगेका छन् । सङ्क्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आवश्यकता रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘‘यहाँ उच्च सजगता अपनाइएकै हो, अहिले लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दो छ’’ स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले भने, ‘‘सङ्क्रमितलाई उच्च निगरानीमा होम आइसोलेसन र अस्पतालमा राखिएको छ ।’’ मुस्ताङ अस्पतालमा छ शैयाको आइसोलेसन बनाइएको छ । ती छ वटै शैयामा अक्सिजनको व्यवस्था रहेको भएपनि भेण्टिलेटर र सघन उपचार कक्ष भने छैन । भेण्टिलेटर र सघन उपचार कक्ष नरहेका कारण चुनौतीबीच कोरोनाको सामना गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताए ।
सामान्य समयमा समेत बाहिरी जिल्लाबाट मुस्ताङका विभिन्न स्थानमा भ्रमणको लागि पुग्ने सर्वसाधारणको लागि अक्सिजनको कमी हुने मुस्ताङले अहिले कोरोनासँग जुध्न अक्सिजनको समस्या टड्कारो बनेको छ । ‘‘स्थानीय तहमा पनि आइसोलेसन बनेका छन् तर अक्सिजन पु¥याउन सकिएको छैन्’’ सहायक प्रजिअ अर्याल भने, ‘‘जनसङ्ख्या थोरै भएर के गर्नु छिरोलिएको ठूलो जिल्ला भएकाले व्यवस्थापनमा कठिन भैरहेको छ ।’’
मुस्ताङमा १३ हजारको हाराहारीमा जनसङ्ख्या छ । महामारीको दोस्रो लहर शुरु हुँदादेखि नै सतर्कता अपनाएको मुस्ताङले महामारीको लहरलाई रोक्न भने सकेन । पहिलो चरणको कोरोनाको प्रभाव कम भएपछि जिल्लामा आन्तरिक पर्यटकको निकै चहलपहल बढेको थियो । यस अवधिमा नेपालमा रहेका विदेशी संस्थाका कर्मचारीदेखि नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको जिल्ला आवतजावतका कारण कोरोना भित्रिएको प्रशासनको ठम्याइ छ ।
दुई÷चार दिन घुम्नेलाई रमाइलो लागे पनि बाह्रै महिना कष्टकर जीवन बिताएका मुस्ताङवासीलाई अहिले कोरोनाको कहरले झन पिरोलिरहेको छ । स्थानीय सर्वसाधारणभन्दा देशका अन्य जिल्ला र विदेशी पर्यटकको आवागमन धेरै हुने गर्दछ । कोरोनाको पहिलो लहर चल्ने बेला मुस्ताङ निकै कठोर बनेर रोगको सङ्क्रमणलाई रोक्न सफल भएको थियो । पहिलो चरणमा बिदामा घर हिँडेका कर्मचारी हुन् वा कामको सिलिसिलमा मुस्ताङ बाहिर निस्केका सर्वसाधारणले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यात्मक व्यवस्था जिल्लाभर गरिएको थियो । निकै कठोर बनेर जिल्लालाई सुरक्षित र सजग राखेको मुस्ताङले अहिले कोरोना महामारीको दोस्रो लहरसँग पौंठेजोरी खेलिरहेको छ ।
अहिले कोरोनाको दोस्रो भेरिएन्टको प्रभाव बढेपछि मुस्ताङ प्रवेशका लागि सिमित नाकाहरु मात्रै सञ्चालनमा छन् । नाकाहरुमा पहिलेदेखि नै कडाइ गरेको भए महामारीको कम प्रभाव पर्ने स्थानीयवासीको भनाइ छ । महामारीको दोस्रो लहरले पहिलोपटक केही दिन पहिला मुस्ताङकी एक महिलाको मृत्यु भएको थियो । सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएपछि जिल्लाका सम्बन्धित निकाय, स्थानीय निकाय र स्थानीयवासी सजग बनेका छन् । ‘‘हामीकहाँ अक्सिजन प्लान्ट छैन्, बाहिरबाट भरेर ल्याउँदा यही अवस्थामा सङ्क्रमण फैलिँदा कठिन छ’‘ अर्याल भन्छन् ‘’यो अवस्थाको मूल्याकङ्न गरेर हामीले निशेधाज्ञा गरेका छौँ ।’’ जिल्लाभर एक जना समेत चिकित्सक नरहेका कारणले पनि बिरामीको उपचारमा समस्या भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख भण्डारी बताउँछन् ।
‘‘हामीसँग जनशक्तिको पनि अभाव छ, विषेशज्ञ डाक्टर छैनन्, स्वास्थ्यकर्मी पनि चाहिने जति छैनन्’’ भण्डारीले भने । यहाँका आइसोलेसनमा उपचरा गराइरहेका छ जना अहिलेसम्म बाहिरी जिल्ला पठाइएका छन्। श्वासप्रश्वासमा समस्या भएपछि ‘हाइकेयर युनिट’मा उपचार गर्न सकिने बिरामी समेत पोखरा, काठमाडौँ पठाउनु परेको अर्यालले बताए । ‘‘एचडियु मात्रै भएको भए धेरै सहज हुने थियो’’ अर्याल भन्छन्, ‘‘सबै कुराको अभाव छ यहाँ ।’’ कोरोनाको सङ्क्रमणबाट गम्भीर स्वास्थ्य समस्या भएका छ जनाले मुस्ताङबाट हेलिकप्टर चडेर पोखरा काठमाडौँलगायतका शहरका अस्पतालमा पुगेर ज्यान बचाएका छन् भने अरु सबै सङ्क्रमितको मुस्ताङमै उपचार भैरहेको छ । रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
१३:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
आँटिला गगनलाई कांग्रेसको बागडोर
नंः २
अन्ततः टाहाखेल-टीकाभैरव सडक खुलाउने जिम्मा गोदावरी नगरलाई नै
नंः ३
विधि, नियम मिचेर थुप्रो मान्छे भेला गर्दैमा कांग्रेस बलियो हुँदैन : प्रकाशमान सिंह
नंः ४
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च
नंः ५
मधेस प्रदेशको मतपेटिका हराएको समाचार भ्रमपूर्ण : निर्वाचन समिति
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
उत्तरी गोरखाको पाँच हजार घरधुरी विद्युतविहीन
बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा साढे ६ अर्बभन्दा बढी लगानी
बुधबार, असोज २८, २०८३
मन्त्री रावलले भनिन्, ‘सुकुम्वासी समस्या समाधानका कानूनी अड्चन हट्यो’
मंगलबार, असोज २७, २०८३
पूर्वराज्यमन्त्री मार्ने धम्कीको अडियो सार्वजनिकपछि खगेन्द्र सुनारको फोन अफ
मंगलबार, असोज २७, २०८३
बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा
मंगलबार, असोज २७, २०८३
थप समाचार
उत्तरी गोरखाको पाँच हजार घरधुरी विद्युतविहीन
शुक्रबार, वैशाख ३१, २०७८
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा साढे ६ अर्बभन्दा बढी लगानी
शुक्रबार, वैशाख ३१, २०७८
मन्त्री रावलले भनिन्, ‘सुकुम्वासी समस्या समाधानका कानूनी अड्चन हट्यो’
शुक्रबार, वैशाख ३१, २०७८
पूर्वराज्यमन्त्री मार्ने धम्कीको अडियो सार्वजनिकपछि खगेन्द्र सुनारको फोन अफ
शुक्रबार, वैशाख ३१, २०७८
Subscribe Newsletter
×