म सधैँभरि तिम्रो हुँ …

आइतबार, कात्तिक १२, २०८०

म सधैँभरि तिम्रो हुँ म स्वीकार गर्छु

जीवनभर, तिमि  सँग हुनेछु 

तिम्रो साथमा हुन्छु म तिमीमा हराएको छु

म तिम्रो साथ हुनेछु र छिट्टै भेट्नेछु

 

तिमीलाई माया गर्ने कुनै अन्त्य र सुरुवात छैन

साथ सधैँ रहिरहोस् सबैले मलाई सम्झाउँछन् 

सारा संसारमा तिम्रो जस्तो मन कसैको छैन

म तिम्रो बारेमा सोच्न छोड्दिन

 

हामीले राम्रो सपना देखेका छौँ

सपनामा चङ्गा उडाउन मन लगाएछौ 

 तिमी मेरो मुटुको धड्कन हौ

तिमीलाई धेरै सम्झना गर्दछौ

 

एक कप चिया बाँडेर तिमि सँग बस्न मन लाग्यो

मेरो माया एउटा प्रतिज्ञा हो, अटुट बन्धनमा बाँधिनुपर्ने भो

म तिमीलाई माया गर्छु सत्य हो

मेरो माया एउटा प्रतिज्ञा हो, अटुट बन्धन हो

– गोबिन्द राज ओझा (राजन)     

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार