१० जना स्रष्टालाई प्रज्ञा पुरस्कार 

बुधबार, चैत २८, २०८०

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न विधाका १० जना स्रष्टालाई प्रज्ञा पुरस्कार २०८० प्रदान गरेको छ । राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले खगेन्द्र संग्रौला, मोहनविक्रम सिंह, शान्ता श्रेष्ठ, घनश्याम शर्मा पौडेल, कृष्ण गौतम, प्राडा देवीप्रसाद गौतम, वम देवान, राजव, गंगा कर्माचार्य र पदम विश्वकर्मालाई पुरस्कृत गरेको हो । प्रज्ञाका पुरस्कारहरुमा अनुवादतर्फ संग्रौला, दर्शनमा सिंह, सामाजिक शास्त्रतर्फ श्रेष्ठ, संस्कृति लोकवार्ता तथा मौखिक इतिहास पौडेल र समालोचना तथा साहित्येतिहास पुरस्कार कृष्ण गौतमलाई दिएको हो ।

यस्तै भाषामा प्राडा.गौतम, साहित्यमा पद्यतर्फ देवान, गद्यतर्फ राजव, बाल साहित्यमा कर्माचार्य र अन्तरदेशीय पुरस्कार पदम विश्वकर्मालाई प्रदान गरिएको छ ।  प्रत्येक १० विधामा बर्सेनि दिइँदै आएका यी पुरस्कारमा सम्मानपत्रसहित जनही एक लाख रुपियाँ राशि छ । वितरण कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठान ओहोदावाला औपचारिकताबाट विस्तारै हटिरहेको बताए ।   उनले भने, ‘यो राष्ट्रिय ओहोदावाला झण्डावालाको कुरा आयो नि, यो ओहोदावाला औपचारिकताबाट विस्तारै विस्तारै अब हामी हट्दैछौं । यो नयाँ काम हामीले गर्दैछौं र त्यो विस्तारै औपचारिकताबाट हट्दै प्राज्ञिक क्षेत्रको प्राज्ञिक मूल्यलाई हामी अनुमोदन गर्नेतर्फ जाँदै छौं ।’ ंदेशकै राष्ट्रिय संरचनाहरुमध्ये विरोधीको पनि काम गर्ने प्रज्ञा प्रष्ठिान एक मात्र रहेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार