पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध गोप्य कागजपत्र लिक गरेको भन्दै अभियोग दर्ता

आरोप प्रमाणित भए मृत्युदण्डसम्मको सजाय हुनसक्ने कानुन
मंगलबार, कात्तिक ७, २०८०

काठमाडौँ । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अदालतमा अभियोग पत्र औपचारिक रुपमा दायर भएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा जन्मकैद देखि मृत्युदण्डसम्मको सजाय हुनसक्ने कानुनी प्रावधान रहेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।
गत वर्ष सत्ताबाट हटाइएपछि उनी एकपछि अर्को कानूनी झमेलमा फसिरहेका छन् । खानका वकिलहरूले उनी विरुद्ध दर्ता गरिएको अभियोगपत्र हतारको निर्णय भएको प्रतिक्रिया दिएका छन् । उनीहरुका अनुसार सैनिक समर्थित पाकिस्तानको वर्तमान सकरकाले खानलाई आगामी २०२४ जनवरीमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न नदिनका लागि मात्रै दुस्ख दिएको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा गत अगस्टमा तीन वर्षका लागि जेल सजाय गरिएको थियो । त्यसलाई उच्च अदालतले उल्टाइदिएपछि उनलाई गोप्य कागजातहरुले लिक गरेको आरोपमा पुनस् पक्राउ गरेर अदियाला जेलमा हिरासतमा राखिएको छ ।
ुउहाँलाई आज लगाइएका आरोपलाई खुलारूपमा पढिएको छ,ु पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी ९एफआईए० का शाह खाबरले भने । एफआईएको एक रिपोर्टअनुसार यो मामिला आफूलाई शक्तिशाली सैन्य प्रतिष्ठानद्वारा समर्थित अमेरिकी षड्यन्त्रको हिस्साका रूपमा सत्ताबाट बाहिर गरिएको भन्ने पूर्वप्रधानमन्त्री खानले पेस गरेको प्रमाणसँग मात्र सम्बन्धित रहेको छ ।

अमेरिका र पाकिस्तानी सेनाले खानको उक्त दाबीको खण्डन गरेका छन् । खानको पाकिस्तान तहरिक–ए–इन्साफ ९पीटीआई० पार्टीका उपाध्यक्ष एवं पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई पनि उक्त मामिलामा आरोपी बनाइएको छ । खानका वकिल उमर खान नियाजीले सरकारले लगाएको यो अभियोग विरुद्ध आफूहरूले अदालतमा चुनौती दिने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार