ओली प्रधानमन्त्री नियुक्त 

शपथग्रहण भोलि
बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई  प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । ओली प्रतिनिधिसभामा सवैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेताका रुपमा प्रधानमन्त्रीमा नियुक्त भएको हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएका छन् ।  यसअघि राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस–माओवादीले दावी नगरेपछि एमालेका नेता ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न बाटो खुलेको हो । प्रधानमन्त्रीको सपथग्रहण शुक्रबार हुने बताइएको छ । ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार