१७ वर्षपछि ‘शब्दथुम’ सहित झुल्किए इलामका प्रकाश

बुधबार, कात्तिक १, २०८०

काठमाडौं । कवि प्रकाश थाम्सुहाङले १७ वर्षपछि दोस्रो कृतिस्वरुप निबन्ध संग्रह ‘शब्दथुम’ सार्वजनिक गरेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रकाशको निबन्ध  शब्दथुम सार्वजनिक गरेका हुन् ।

Bairagi Kaila1697591499.jpg

‘शब्दथुम’ सार्वजनिक समारोहमा साहित्यकार वैरागी काइँलाले, शब्दको शक्ति थाहा पाएर जीवनको लागि उपाय निकाल्न सक्ने क्षमता भएको व्यक्ति नै साहित्यकार हुने बताए ।

उनले भने ‘साहित्कार पनि शब्दको शक्ति थाहा पाएर कठिनाईलाई जितेर, भएको उपाय निकाल्न सक्ने सामथ्र्य भएको हुनाले सामान्य मानिसभन्दा फरक हुन थालेको हो ।’

त्यस्तै उनले  भाषिक र जातीय विविधतालाई अझैपनि गर्वको विषयमा नठाइएको उनको टिप्पणी छ ।

पुस्तकमा चर्चा गरिएका पात्र लुङ्माहिम साइँलाबारे बोल्दै काइँलाले भने, ‘आफूलाई विरही पात्रका रुपमा उहाँले याक्थुङ भाषामा लेख्नुभयो, गाउँमा ऊबेला किरात पुस्तकालय बनाउनुभयो । त्यस्तो व्यक्तिको छोराका रुपमा प्रकाशले लेखेको निबन्धको भाषा र विचारले मलाई धेरै आकर्षित गरेको छ ।’

प्रकाशसँग सरल भाषामा बलिया निबन्धहरु लेख्नसक्ने विशिष्ट क्षमता रहेको भन्दै काइँलाले प्रशंसा गरे ।

उनले थाम्पुहाङको गद्य लेख्ने शैलीले आफूलाई मोहीत पारेको बताए । ‘मलाई सबैभन्दा मन परेको भनेको यीनको गद्य लेख्ने भाषाशैली नै हो । सरल छ हामी जस्तो भाषालाई बिगारेर नै लेख्नु पर्छ भन्ने होईन् ।’ उनले भने ‘किनभने कतिपय कुरा सोझो भन्दा अर्थ नै लाग्दैँन् । तर यस किताबबाट सरल लेख्दा पनि सबै कुरा आउँदो रहेछ भन्ने बुझिन्छ ।’

भाषागत सम्पन्नता भएपनि नेपालमा त्यसको सदुपयोग गर्न नसकिएको उनको भनाई छ । तर थाम्सुहाङको किताब शब्दथुमले त्यसलाई न्याय गरेको भन्दै उनले भने  ‘भाषाको हिसाबमा हाम्रोमा धेरै छन् । जैविक विविधतालाई गर्व गर्ने मानिसहरु किन भाषीक र जातीय विविधतालाई गर्वको विषय ठान्दैनन् ? यसलाई पनि गर्वको विषय मान्नु पर्ने हो । यी कुराहरु उठाएर आयो सिर्जनशिल अराजकतादेखि अगाडि बढेर त्यसबारेमा पनि यस किताबमा छ । ’

निबन्धकार रोशन शेरचन, राजकुमार बानियाँ, कुमारी लामा र बच्चु हिमांशुले प्रकाश थाम्सुहाङले आफ्ना निबन्धमार्फत् उठाएको सामाजिक न्याय, पहिचान, अस्तित्व र बृहत् सामाजिक एकताको आह्वान शक्तिशाली र सान्दर्भिक भएको चर्चा गरे ।

प्रकाश थाम्सुहाङले आफ्नो कृति ढिलाइ भएर छापिनुमा कतिपय आफ्नै कारण, कतिपय चाहिं शब्दको माध्यम र संरचनाको कारण देखाए । आफू लिम्बू मातृभाषामा बोल्ने, अंग्रेजी साहित्यको औपचारिक अध्ययन गरेको, अनि नेपालीमा लेख्ने भएकाले माध्यमहरुको दुविधामा पर्न गएको उनको भनाई छ ।

‘कवि भएका कारण निबन्धमा आउन सजिलो भयो, सायद निबन्धकार या आख्यानकारहरुलाई कवि हुन यति सजिलो हुँदैन होला,’उनले भने ।

पुस्तक इन्डिगो इंकले प्रकाशन गरेको हो । प्रकाशको ‘पालामको मुर्च्छना’ कवितासंग्रह यसअघि बजारमा आएको पुस्तक हो ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार