विदेशमा सिकेको अनुभवलाई नेपालको प्राविधिक शिक्षामा जोड दिने एनआरएनए उपाध्यक्षका प्रत्यासी केसीको प्रतिबद्धता

शनिबार, असोज २७, २०८०

काठमाडौं । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा काठमाडौंको  माहोल तातिएको छ । एनआरएनएको  अधिवेशन आउन अब मात्रै केही दिन बाँकी रहँदा उपाध्यक्षका उम्मेदवार मध्येका एक गणेश केसी शुक्रबार  काठमाडौँ आइपुगेका छन् ।
एयरपोर्टमा  सञ्चारकर्मीसँग कुरा गर्दै केसीले, आफू एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने  प्रतिबद्धता जनाए ।
उनले भने, ‘गैर आवासिय नेपाली संघमा हिजो देखिएका समस्याहरुको अब आउँने नेतृत्वमा म आएपछि चकिएको गैर आवासिय नेपाली संघलाई एकजुट बनाउने उद्देश्य हुने छ । हामीले लिएको ज्ञान , सिप र यूवा यूवतीलाई नेपालमै सिपमूलक बनाउँनु पर्ने अनुभवलाई नेपालको प्राविधिक शिक्षामा जोड दिने छु ।’
उनले विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने पनि प्रतिबद्धता जनाए ।
उनले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु रहेको जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०१:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार