एनआरएनको अध्यक्षका प्रत्यासी शर्माद्वारा २४ वाचा सार्वजनिक, सुरक्षा प्राधिकरण गठन पहिलो प्राथमिकता

शुक्रबार, असोज २६, २०८०

काठमाडौं । गैर आवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी राजेन्द्र कुमार शर्मा आर.केले, २४ महिने कार्यकालमा पुरा गर्न विभिन्न २४ वाचा सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले २४ महिना आफूले गर्ने २४ कार्ययोजना भन्दै २४ वाचा सार्वजनिक गरेका हुन् । 
उनले भने, ‘गैर आवासीय नेपालीको अभियान, स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नाराका साथ २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु भनेर २४ वाचा गरेको छु ।’
उनले ‘गैर आवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने वाचा पनि राखेका छन् । 
उनले भने, ‘औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न, पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले उक्त व्यक्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा ‘गैर आवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ मा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउनका लागि पहल गरिनेछ ।’
उनले श्रम गर्दै आफू आजको स्थानमा आएको भन्दै श्रमिकहरुको दुखसँग परिचित रहेको बताए । 
उनले भने, ‘श्रम गर्दै आएको हुनाले श्रमिकहरुको दुःखसँग म परिचित छु । उहाँहरुको भविष्यको चिन्ताले मलाई सताउँने गर्छ । उहाँहरुको सुरक्षित भविष्यको लागि केही गर्न पाए हुन्थ्यो भन्ने सधैँ लागि रहन्छ ।’ 
यस्तै, उनले गैर आवासीय संघको अभियानमा २० वर्ष पूरा हुदैँ गर्दा गैर आवासीय नेपाली ऐन, गैर आवासीय नेपाली नागरिकताको सम्बोधन, अनलाईन श्रम स्विकृती, कामदारहरुले मृत्युवरण गर्दा पाउँने क्षतिपूर्तीलगायतका क्षेत्रमा काम गर्दै आएको पनि जानकारी गराएका छन् । 
उनले भने, ‘त्यसैले गैर आवासीय संघको अभियानमा २० वर्ष पूरा हुदैँ गर्दा गैर आवासीय नेपाली ऐन, गैर आवासीय नेपाली नागरिकताको सम्बोधन, अनलाई श्रम स्विकृती, कामदारहरुले मृत्यु वरण गर्दा पाउँने क्षतिपूर्ती, विदेशबाटै भोटिङ् कार्डको व्यवस्थालगायत धेरै कामहरु गैर आवासीय संघको पवित्र अभियानले गर्दै आएको छ ।’ 
उक्त वाचा पत्रमा एनआरएनहरुको बीचको एकता पहिलो प्रतिबद्धता, वैदेशिक रोजगार दक्ष जनशक्ति, सुरक्षित वातावरण सामाजिक सुरक्षा, एनआरएन निर्वाचनमा सबैले मतदान गर्न सक्ने, आर्थिक, कुटनीतिक लगानी प्रवर्धन मुख्य नीति, नेपाली रोजौं, नेपाली खोजौं निर्यात बढाउँन लागौं, विदेशमा सिकेको ज्ञान देश निमार्ण अभियानलगायतका वाचाहरु रहेका छन् । 
कतार निवासी शर्माले गैर आवासीय नेपाली संघ (एनआरएनए) को (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार