भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई जानकारी गराएर नेपालको भ्रमण गर्नु पथ्र्यो : सांसद रामहरि खतिवडा 

शुक्रबार, असोज २६, २०८०

काठमाडौं । कांग्रेस सांसद रामहरी खतिवडाले, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीस्तरीय आधिकारीक भ्रमण गरेको भए हुन्थ्यो भनेका छन् ।  
प्रतिनिधि सभा बैठकपछि सञ्चाकर्मीसँग उनले मोदीले भ्रमण गरेको भूमि नेपाली भएकोले उनले आधिकारीक रुपमा ती क्षेत्रको भ्रमण गरेको भए राम्रो हुने बताए । 
उनले भने, ‘हामीले बहने कुरामात्र गर्नुभएन । राष्ट्रियताको मामिलामा कोही भन्दा हामी कम छैनाैँ । राष्ट्रियताका लागि कालापानी युद्धदेखि लिएर धेरै ठूला युद्ध भएका छन् त्यसमा नेपालीले सहादत पाएका छन । त्यो भूमि नेपालको हो भन्ने कुरामा केही विवाद छैन । र, यो विषयमा आधिकारीक रुपमा प्रधानमन्त्रीस्तरीय भ्रमण भएको भएदेखि राम्रो हुन्थ्यो । व्यक्तिगत भ्रमणको विषयमा धेरै टिप्पणी गर्दिन ।’
मोदी हिजो बिहान कालापानी लिपुलेक क्षेत्रमा पुगेका थिए । उनले त्यहाँबाट कैलाश पर्वतको दूरदर्शन र पूजापाठ समेत गरेको भिडियो सार्वजनिक भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार