इजरायलबाट स्वदेश फर्किइन् साम्बा

बिहीबार, असोज २५, २०८०

काठमाडौं । इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन् । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी साम्बा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् ।  अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यसैले सावित्रा घर फर्किएकी हुन् ।
चीनको हाङझाउमा भएको एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार