इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैन् : परराष्ट्र मन्त्रालय

बुधबार, असोज २४, २०८०

काठमाडौँ । इजरायलमा मारिएका नेपालीको शव तत्काल ल्याउन नसकिने प्रष्ट पारेको छ ।  बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने प्रष्ट पारेकी हुन् । 
‘शव तत्काल ल्याउन सकिदैन् । इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै आउँदैन । अहिले पनि युद्धकै अवस्था रहेकाले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोच्नुभएको छैन । हामीले पहल गरिरहेका छौं । तर, तत्काल ल्याउन सकिँदैन’ उनले भनिन् । 
पहिलो चरणमा विद्यार्थीहरूको उद्धार गरिने जानकारी दिँदै उनले भनिन्, शव भने इजरायल सरकारले आफ्नो प्रकृया पुरा गरेर हस्तान्तरण गरेपछि मात्रै आउने बताइन् ।  ‘तत्कालै ल्याउन सकिँदैन । मृतकका आफन्तहरूको शव ल्याउन ढिलाई हुँदा पीडा हुनु स्वभाविक हो । तर, इजरायलमा युद्धकै अवस्थामा रहेकाले तत्काल शव ल्याउन सकिँदैन । सबैले त्यही अनुसार बुझिदिनुपर्यो’ उनले भनिन् ।

'इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर छ'
परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताएको छ । 
बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता सेवा लम्सालले, घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमा सुरु भएको बताइन् । 

Photos (2)1697035515.png
हाल दुई जना विद्यार्थी डिस्चार्ज भइसकेको जानकारी दिदैँ उनले २ जना अझै उपचारको क्रममा रहेको र सम्पर्कबिहिन रहेका १ जनाको खोजीका लागि निरन्तर लागिरहेको बताइन् । उनले भनिन्, ‘परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर छ ।  नेपाल फर्कन चाहनेहरुमा हालसम्म ३५० भन्दा बढि नेपालीले आफ्नो विवरण दिनुभएके छ । जसमध्य घर २८० भन्दा बढिले नेपाल फर्कन चाहानु भएको छ । नेपाल यरलाईन्सको २८५ क्षमता भएको विमान आज राति नै काठमाडौंबाट प्रस्थान गर्दै छ ।’
गाजा क्षेत्र नजिक रहेका ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाई छ । त्यस्तै ७२ जनालाई थप सुरक्षित स्थानमा सारिएको उनको भनाई छ ।
आज र २५० सिट क्षमताको वाइड बडी जहाज त्यसतर्फ जान लागेको उनको भनाई छ। त्यस्तै इजरायलको व्यवसायीक उडानमार्फत फर्किन चाहनेलाई सहजिकरण गर्न सरकार तयार रहेको उनको भनाई छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार