मन्त्रिपरिषद्कोे निर्णय : इजरायलमा रहेका नागरिक लिन परराष्ट्रमन्त्री साउदलाई पठाइने  

बुधबार, असोज २४, २०८०

काठमाडौं । इजरायल द्वन्द्वमा फसेका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आज राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई लिन पठाउने निर्णय गरेको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । 
कानुनमन्त्री धनराज गुरुङले निणर्य सुनाउँदै भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्री इजरायल जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ ।’
आज राति इजरायलमा रहेका नेपाली नागरिकको उद्धारका लागि २५० सिट क्षमताको वाइड बडी जहाज उनीहरुलाई लिन जान लागेको छ । 

Np Saud (3)1697035153.jpg
सरकारले इजरायलमा रहेका कोही व्यवसायिक रुपमा जहाज चढेर आउन चाहे टिकट भाडा पनि सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ । 
प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कविहीन छन् । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार