सरकारलाई सभामुखको ध्यानाकर्षण, ‘इजरायलमा सम्पर्कविहीन खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्नुहोला’ 

बुधबार, असोज २४, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले दक्षिण इजरायलको विद्रोही समूहको हिंसात्मक आक्रमणमा परी सम्पर्कविहीन भएका नेपालीको खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 
बुधबार उनले एक शोक वक्तव्यमार्फत दक्षिण इजरायलको विद्रोही समूहको हिंसात्मक आक्रमणमा १० जना नेपालीको निधन भएकोमा दुःख प्रकट गर्दै उनले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । 
सम्भावित आक्रमणको जोखिममा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा राख्न, नेपाल फर्कन चाहनेलाई सोही बमोजिमको व्यवस्था गर्न र जीवन गुमाएका नेपालीको शव फिर्ताका लागि सभामुख घिमिरेले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार