आज राष्ट्रिय शोक,  राष्ट्रिय झण्डा आधा झुकाइने

मंगलबार, असोज २३, २०८०

काठमाडौं ।  सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो । राष्ट्रिय शोक अन्तर्गत आज देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार