इजरायलमा ज्यान गुमाएप्रति श्रद्धान्जली अपर्णगर्दै माइतीघरमा दीप प्रज्वलन 

सोमबार, असोज २२, २०८०

काठमाडौं । लुम्बिनी विश्व शान्ति मञ्चले इजरायलमा शहीद नेपाली नागरिकको सम्मानमा दीप प्रज्वलन आयोजना गरेको छ ।
लुम्बिनी विश्व शान्ति मञ्चले सद्भाव कायम गर्न र विश्वव्यापी शान्तिको प्रर्वद्धनको सन्देश दिने उद्देश्यले  हमास लडाकुले गरेको आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिकको सम्झनामा ‘मैनबत्ती प्रज्वलन’ कार्यक्रम आयोजना गरेको छ । 
दीप प्रज्वलनमा सहभागी शक्ति वंशकरले कोहीमाथि पनि अन्याय हुनु हुँदैन, यस्तो युद्ध हुनु हुदैँन् भन्दै विश्व शान्तिको लागि सबै जना जम्मा भएर दीप प्रज्वलन गरिएको बताए । 

Photo (4)1696870697.png
उनले भने, ‘अरुको द्वन्द्वमा हाम्रो आफ्नो मान्छेलाई हामीले गुमाएका छौँ साना नानी, बाबुहरु जो केही सपना बोकेर गएका थिए । उनीहरुलाई गुमाएका छौ, उनका परिवारहरुले जुन क्षति व्यहोर्नु परेको छ । त्यसलाई हाम्रो कुनै संवेदनाले केही राहात पुग्दैँन् । त्यही पनि हामीले कुसैमाथि पनि अन्याय हुनु हुदैँन्, यस्तो युद्ध हुनु हुदैँन् भन्दै विश्व शान्तिको लागि हामी यहाँ आएका छौ ।’ 

Photo (1)1696870662.png

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार