विश्वभरका नृत्यको व्याकरण भैरव अल्फा साइन्स पुस्तक सार्वजनिक 

नृत्यलाई कलासँगसँगै विज्ञानको रुपमा व्याख्या 
शनिबार, असोज १३, २०८०

ललितपुर । नृत्यलाई कलासँगसँगै विज्ञानको रुपमा समेत व्याख्या गरिएको पुस्तक ‘भैरव अल्फा साइन्स’ सार्वजनिक गरिएको छ । उक्त पुस्तक नेपालका प्रथम नृत्य निर्देशक ९१ वर्षीय भैरव बहादुर थापाले लेखेका हुन् । पुस्तकको अंग्रेजी अनुवाद चेतन कार्कीले गरेका हुन् । उक्त पुस्तकको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्राफ्ट, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपालस्थित प्रतिनिधि आसियानी मेडागान्गोडाले संयुक्त रुपमा लोकार्पण  गरे ।  
महानगर प्रमुख चिरीबाबु महर्जनले आफू संगीत र नृत्यको विद्यार्थी र विज्ञ नभएको बताउँदै  पुस्तकको बारेमा विश्लेषण नगर्ने बताए ।  महानगरले भैरव बहादुर थापा जस्ता व्यक्तित्वको सम्मानका लागि यो कार्यक्रम आयोजना गरेको उनले बताए । उनले भने, ‘हाम्रो नीति र मान्यता मान्छे जीवित छँदा नै सम्मान गर्नुपर्छ भन्ने हो ।’ 

bhairab alphab book1696042951.jpg
सत्यमोहन जोशीज्यूलाई पनि महानगरले जीवित छँदा नै सम्मान गर्नुपर्छ भन्ने नीतिअन्तर्गत सम्मान गरेको उनले स्मरणा गरे । प्रमुख महर्जनले देशका लागि योगदान पुर्‍याउले व्यक्तिलाई जीवित छँदा नै सम्मान गर्न आवश्यक रहेको बताए । ललितपुर महानगरपालिकाले राष्ट्रलाई योगदान दिने व्यक्तिलाई सम्मानको नीति लिएको उनको भनाई छ । 
उनले भने, ‘ललितपुर महानगरपालिकाले यो मूलुकको निमित्त यो शहरको निमित्त बिभिन्न क्षेत्रबाट गर्नु भएको त्याग बलिदान तपस्यालाई हामीले जिवित अवस्थामा नै सम्मान गर्नुपर्छ । उहाँहरु बाँचेकै अवस्थामा सम्मान गर्यौ भने पक्कै पनि उहाँहरुको आयू बढ्छ भन्ने ललितपुर महानगरपालिकाले नीति लिएको छ ।’  उनले भैरब थापाको “भैरब अल्फा साइन्स पुस्तकको विमोचन गर्न पाउँदा गौरव अनुभव भएको बताए । 

bhairab book 11696042946.jpg
पुस्तक लेखक भैरवबहादुर थापाले पुस्तक विश्वको नृत्यको व्याकरण भएको बताए । उनले निरन्तरको मिहेनत र प्रयासबाट पुस्तक सार्वजनिक गर्न संभव भएको बताए । उनले भने, ‘कला, संस्कृति र सम्पदाप्रेमी विद्धान व्यक्तित्व चिरीबाबु महर्जनले यसको महत्व बुझेर सार्वजनिक गर्ने व्यवस्था गरिदिनुभयो,उहाँलाई धन्यवाद ।’ यो पुस्तक सार्वजनिक हुनु भनेको विश्वको नृत्य जगतको सम्मान भएको प्रष्ट पारे । 

युनेस्कोका नेपालस्थित आवासीय प्रतिनिधिले महत्वपूर्ण कार्यक्रममा निम्ता गर्नुभएको धन्यवाद दिए । भैरव बहादुरको योगदान महत्वपूर्ण भएको बताउँदै भने, ‘भैरव बहादुर थापा नै युनेस्को हुनुुहुन्छ ।’ भैरव बहादुर जस्ता व्यक्तित्वका लागि सक्दो सहयोग गर्ने बताए । यो पुस्तकले विश्वको नृत्य जगतको सम्मान गरेको बताए ।

युनेस्कोका नेपाल प्रतिनिधि आसियानी मेडागान्गोडाले यो पुस्तक विश्वको महत्वपूर्ण सम्पत्ति भएको बताइन् । उनले यूएनडिपीको प्रतिनिधिको भएर आएको पाँच वर्षमा सहभागी भएको कार्यक्रममध्ये यो अतुलनीय भएको बताइन् । उनले यूनडिपीले नै प्रत्यक्ष रुपमा पुस्तकको प्रचारप्रसार गर्न नमिले पनि युनेस्को र अन्य सम्बन्धित संघसंस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

bhaira alpha book 21696042785.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार