सोसल मिडिया
Contact Us
युनिकोड
न्युयोर्क । अमेरिकाका संघीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले फेसबुकले गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको भन्दै उक्त कम्पनीविरूद्ध मुद्दा दर्ता गरेका छन् । सामाजिक सञ्जाल कम्पनी फेसबुकविरूद्ध अमेरिकी सरकारले लिएको अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी कदममध्येको एक हो । अधिकारीहरूले अदालतलाई उक्त कम्पनीलाई टुक्रयाउने बिषयमा सोच्न भनेका छन् । अर्बाैमा प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत फेसबुककै लगानी छ ।
आरोप ४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले उक्त कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन् । अधिकारीहरूले फेसबुकले खासगरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई ‘किन्ने वा सिध्याउने’ शैली लिएको आरोप लगाएका छन् । अधिकारीहरूले फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किन्ने प्रतिस्पर्धा भएको बताएका छन् । तर फेसबुकले ती कम्पनी त्यसबेला निकै साना रहेको बताएको छ । अधिकारीहरूले इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग गरेका छन् ।
फेसबुकले के भन्यो? फेसबुकले अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षाैंअघि स्वीकृत गरिसकेको जनाएको छ । फेसबुककी एकजना बरिष्ठ कानुनी सल्लाहकार जेनिफर न्यूजस्टिडले भनेकी छन्, ‘सरकारले फेरि उही कुरा दोहो¥याउन चाहेको छ । त्यसले अमेरिकी व्यावसायलाई कुनै पनि विक्री अन्तिम होइन भन्ने डरलाग्दो चेतावनी दिएको छ ।’ फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएपलाई सफल बनाउन करोडौँ खर्च गरेको बताउँदै आफूलाई उसकै शब्दमा जोडदार ढङ्गले प्रतिरक्षा गर्ने जनाएको छ । उक्त मुद्दामा फेसबुकका प्रमुख मार्क जुकरबर्गले पठाएका आन्तरिक सन्देशहरूलाई समेत उदृत गरिएको छ । जसमा सन् २००८ को एउटा इमेलमा उनले ‘प्रतिस्पर्धा गर्नुभन्दा किन्नु राम्रो’ लेखेका थिए । फेसबुकसँग अपिल गर्नका लागि पर्याप्त अवसरहरू हुनेछन् । त्यसैले तत्कालै फेसबुक टुक्रिहाल्ला भन्ने नसोच्दा हुन्छ । तर अदालत र नेताहरू कुन दिशातर्फ गइरहेका छन् भन्ने यो थप संकेत हो । –बीबीसी