कोरोना रोकथाममा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको अग्रसरता 

सिन्धुपाल्चोकमा महिना दिनभित्र निःशुल्क कोभिड–१९ सेवा केन्द्र सञ्चालन गरिने
बुधबार, वैशाख २९, २०७८

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिना भित्र नै सेवा सञ्चालन गरिने उनले जानकारी दिए ।  उनले भने, ‘सेवा केन्द्रमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था हुने छ । निकट भविष्यमा पिसिआर मेसिन पनि राखिने छ । भविष्यमा कोभिड–१९ रोग नियन्त्रणमा आएपछि यो केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रका रूपमा रूपान्तरण हुने छ । विस्तृत जानकारी कामको स्थलगत प्रक्रिया शुरु भएपछि गराउने छु ।’ पूर्वमन्त्री बस्नेतले आफूसँग भएको एउटा गाडी –जीप) बाट सिन्धुपाल्चोकमा कोडिड–१९ या अन्य रोग लागेका बिरामीलाई अस्पताल पु¥याउन दिने निर्णय गर्नुभएको छ ।  गाडी आफूले फिर्ता नलिने गरी प्रदान गरिने उनले बताए ।  उनका अनुसार बिरामीले कुनै पनि सेवा शुल्क तिर्नु पर्दैन ।  एउटा सञ्चालक समिति बनाएर सबै व्यवस्था गरिने छ । कोभिड–१९  संक्रमितहरु अस्पतालमा शय्या, अक्सिजन, भेन्टिलेटर, पर्याप्त विज्ञ र  स्वास्थ्यकर्मी नपाएर मृत्युवरण गर्न बाध्य भएका परिस्थितिमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उनले जनस्तरबाट पनि केही गर्नुपर्ने सोच राखी आफूले सो कार्य गर्न लागेको जनाएका छन् ।–रासस
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार