ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेका छौं : पर्यटन बोर्ड उपाध्यक्ष 

बुधबार, असोज १०, २०८०

काठमाडौं । नेपाल वोर्डका उपाध्यक्ष चन्द्र रिजालले ग्रामीण र आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित ४४औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले आफ्नो गाउँ र देशका लागि पर्यटनले दिने योगदानलाई ध्यान दिंदै बोर्डले ग्रामीण र आन्तरिक पर्यटनलाई महत्वपूर्ण ढङ्गले हेर्दै आइरहेको बताएका हुन् । 
उनले भने, ‘हामीले हाम्रो गाउँ हाम्रो देशलाई चिनेनौँ भने सही गन्तव्यमा पुग्न सक्दैनौँ । नेपालको पर्यटनलाई चिन्न सक्दैनौँ र पर्यटनले दिने योगदानलाई बुझ्न सक्दैनौ भनेर हामीले ग्रामीण पर्यटनलाई र आन्तरिक पर्यटनलाई महत्पूर्ण ढङ्गले हेर्दै आइरहेको र्छौं ।’ 
उनले पर्यटन क्षेत्रमा कार्यकर्ताले नीति नियमको पालना नगरी अराजकता बढेको टिप्पणी गरे । पर्यटन अराजकताले नभए थाईत्वले र शान्तिले चल्ने उनको भनाई छ । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार