संस्कृति संरक्षणमा समस्यामा बढेको संस्कृति मन्त्री किरातीको भनाई 

शुक्रबार, असोज ५, २०८०

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुदन किरातीले  स्वदेशी संस्कृति संरक्षण गर्न नसकिएको स्वीकार गरेका छन् । प्रगतिशील लेखक संघ नेपालको ७२  औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री किरातीले, विदेशी संस्कृति अपनाएर स्वदेशी संस्कृति भित्र्याइएको भन्दै दुख व्यक्त गरे । 
उनले भने, ‘हामीले अर्काको संस्कृतिलाई आयातित गर्यौ, आफ्नै संस्कृतिलाई संरक्षण गर्न सकेनौं । अब यसरी हेर्दा खेरी, देशमा कम्युनिष्टहरुको वहुमत भएर पनि, जहिले रक्षात्मक भएर बस्नु पर्ने । एउटा सचेत चेतना भएको मान्छेलाई दुख लाग्छ नै ।’
उनले सबै कम्युनिष्ट पार्टी बीचको एकता आजको आवश्यकता भएको बताए । 
आत्मग्लानी र द्वेषका कारण कम्युनिष्ट पार्टी र नेताहरुले राम्रो काम गर्न नसकेको उनको तर्क छ । 
नेपालमा समाजवादको आवश्यकता रहेको बताएका उनले हाम्रै समाजमा समाजवाद रहेको बताएका उनले त्यसलाई समेत जोगाउन नसकिएको तर्क गरे । 
सात महिनामा यो सरकारले योजनावद्ध र लय वद्ध रुपमा राम्रो काम गरेको जिकिर गरे । 
४७ सालदेखि यता यो सरकारले सबै भन्दा राम्रो काम गरेको जिकिर गरेका मन्त्री किरातीले, भ्रष्टाचार नियन्त्रणका लागि यो सरकारले अहिले सम्मकै ठुलो सफलता हासिल गरेको जिकिर गरे । 
अर्को प्रशंगमा उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुने दाबी गरे । 
भारत भ्रमण सफल  भएको जिकिर गर्दै उनले भने ‘यसपाला चीन भ्रमण पनि सफल हुन्छ । हेरिरहनु होस् अहिले पनि ऐतिहासिक हुन् ।’

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार