सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ । उपनिर्वाचन आगामी जेठ १७ गते हुँदैछ । जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावीविरोधको उजूरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजूरीमाथि छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयनपत्र र उजूरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।