लिबिया बाढीमा परी ज्यान गुमाएकाको शवका कारण फैलियो  दुर्गन्ध

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । बेङ्गाजीका क्षेत्रहरू खियाले रातो भएका तालका रुपमा परिणत भएका छन् । जब त्यहाँ पुगिन्छ यातायात सुस्त हुन थाल्छन् । टेलिग्राफका खम्बाहरू अव्यवस्थित रूपमा ढलेका छन् । कारहरू राजमार्गका प्वालहरू वरिपरि घस्रन्छन्, हतारमा खनिएका जस्ता देखिन्छन् । देर्ना सहर नजिकको एउटा पुल पूर्णरूपमा बगेको छ । स्थानीयहरू टार्माक मुहानको छेउमा उभिएर हेर्छन् र फोटो खिच्छन् ।

सिपाहीहरूले कारमा आएका प्रत्येक चालक र यात्रुलाई मास्क दिन्छन् । अर्को दिशामा ड्राइभ गर्नेहरूले मास्क लगाएका छन् । यस्तो किन भइरहको छ भन्ने विषय यहाँले चाँडै थाहा पाउनुहुनेछ ।

सहरका केही भागहरूमा मृत्युको गन्ध वर्णन गर्न लगभग असम्भव छ । नाकको प्वाल गन्धले भरिन्छ । ढलबाट निस्कीएको गन्ध पहिचान गर्न गाह्रो छ । बन्दरगाह नजिक गयो भने यहाँको गन्ध यती शक्तिशाली छ कि यसले पेट निमोठ्छ ।  पुनःस्थापनामा खटिएकाहरू मानिसका शवहरू अझै खोजिरहेका छन् । 

समुद्रको पानीमा बिस्तारै सडिरहेका तीन शवहरू भर्खरै भेटिएको उद्धारकर्मीले बताए । ती शव ढिस्कोको भग्नावशेषमा फेला परेका थियो । 

भाँचिएका काठ, कार, टायर, फ्रिज लगायत वस्तुहरू पानीमा तैरिएका छन् । डेर्ना सहरका तस्बिर हेर्दा कहालीलाग्दो देखिन्छ । बाढीको क्षति हेर्दा लाग्छ, सहर खोलाले हानेको चोट जस्तै देखिन्छ । यहाँ केही पनि छैन जस्तो उजाड बाँझो जमिन जस्तै देखिन्छ । 

यहाँका ढिस्कामा केही पनि बाँकी छैन । बाँझो जमिन जस्तै देखिन्छ । कारहरू खेलौनाहरू जस्तै उल्टो भएर पल्टिरहेका छन् । केही अल सहाबा मस्जिद वरपरको टेरेस भित्र पूर्ण रूपमा धकेलिएका छन् ।

कङ्क्रिटका ब्लकले बनेका पर्खालहरू ढलेका छन् । बलिया रूखहरू जमिनबाट उखेलिएका छन्, रुखका जरा हावामा देखिन्छन् । यहाँ हजारौं मानिस मात्र बडारिएका होइनन्, तिनीहरूका जीवनसँगै घर, सम्पत्ति र सामग्री बडारिएका छन् । डेर्ना सहरको मानवता सकिएको छ । 

बाँच्नेहरूका लागि यहाँको जीवन परिवर्तन भएको छ । त्यहाँ ठूलो शोक र क्रोध छ ।  फरिस घसारले आफ्नो परिवारका पाँच सदस्यलाई भीषण पानीमा गुमाएका छन् ।

‘हामीलाई घर भित्रै बस्न भनियो, किन ?’ उनी रोए र भने,  ‘हामीलाई  आँधी आएको बताउनुपर्ने थियो, हामीलाई बाँध पुरानो र भत्किएको बताउनुपर्ने थियो ।’

‘यी भत्किएका भवनहरूमध्ये केही सय वर्ष पुराना थिए । यो सबै राजनीति हो । पश्चिममा सरकार छ, पूर्वमा सरकार छ । यो ठूलो समस्या हो’, उनले भने । मृतकमध्ये एक फारिसकी १० महिनाकी छोरी पनि थिइन् । उनले आफ्नो छोरीको तस्बिर मोबाइलमा देखाए । 

यहाँका मन्त्रिले विपद् क्षेत्रको अवलोकन गरेका छन् । ती मन्त्रि पूर्वी सरकारका हुन् । लिबियाका दुई विरोधी अधिकारीहरूमध्ये उनी एक थिए । उनीहरूको लडाइँले देशको पूर्वाधार ध्वस्त पारेको थियो । 

त्यो लडाइँ उनको परिवारको लागि घातक साबित भएको फारिसले दाबी गरे । पूर्वी प्रधानमन्त्री ओसामा हमादले भने, ‘यो धेरै शक्तिशाली चक्रवात थियो, यो प्रकृति हो ।’

सडकमा डेर्ना पूर्ण खाली गर्ने हल्ला छ । सहरका छेउछाउमा रहेकाहरू सफा पानी र चिकित्सा सेवाको अभाव लडिरहेका छन् । घातक आँधीको एक सातापछि यहाँ बाँचेकाहरूले सामना गर्नुपर्ने चुनौति बढ्दै गएका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार