दक्षिण अफ्रिकाको जोहानेसबर्गको एक भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु

बिहीबार, भदौ १४, २०८०

काठमाडौँ । दक्षिण अफ्रिकाको मुख्य सहर जोहानेसबर्गको एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६३ पुगेको छ । त्यहाँको आपतकालिन व्यवस्थापन सेवाका अनुसार हालसम्म ६३ जनाको ज्यान गएको छ भने ४० बढी घाइते भएका छन् । 
सामाजिक सञ्चालनमा पोस्ट गर्दै जोहानेसबर्ग नगरपालिकाले ‘खोजन अभियान’ जारी राखेको बताएको छ । त्यहाँको आपतकालिन सेवाले बीबीसीलाई दिएको जानकारी अनुसार १ः३० बजे आगलागी भएको थियो । 
घटनास्थामा खोज र उद्धार कार्य जारी रहेको जनाइएको छ । आपतकालिन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको बीबीसीलाई बताएका छन् । उनले भनेका छन्, ‘हामीले ५२ वटा शव निकालेका छौं । ४३ जना सामान्य घाइते भेटिएको छ ।’
यो भवन दक्षिण अफ्रिकाको आर्थिक हबको मुख्य व्यपारिक जिल्लामा रहेको छ । स्यानीय रिपोर्टहरूले भवनमा बस्नेहरू प्रायः अन्य अफ्रिकी देशहरूबाट आएका आप्रवासीहरू रहेको बताइएको छ ।

https://www.bbc.com/news/world-africa-66667934

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार