गौतमबुद्ध विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर आज देखि हङकङ र दिल्ली उडान

मंगलबार, भदौ १२, २०८०

काठमाडौं । नेपाल वायुसेवा निगमले मंगलबार देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।
भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमको बजार व्यवस्थापन र माग अनुसार उडानको संख्या थप्दै जाने जनाइएको छ ।  
निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार