बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आव्हान 

सोमबार, वैशाख २७, २०७८

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आव्हान गरेकी छन् । सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मन लिन नसकेपछि उनी पदमुक्त भएका छन् । विश्वासको मत लिन नसकेको जानकारी संस्द सचिवालयले गराएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आव्हान गरेकी हुन् । संविधानको धारा ७६(२)मा राष्टपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

यसअघि प्रधानमन्त्री ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका मुख्य नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आव्हान गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्इक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आव्हान गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार